Sajhamanch Archive

बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते.

बुटवल, बुटवलमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। सोमबार बिहानै बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ। पश्चिमदेखि पूर्वतर्फ गइरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए। […]

प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा […]

एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल.

पोखरा– नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी)का विषयमा गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालमा भ्रम रहेको बताए। जनतामा रहेको जस्तै भ्रम नेताहरुमा पनि रहेको पौडेलले टिप्पणी गरे। पोखरामा नेपाली कांँग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले आफूले गठबन्धनको बैठकमा दाहाल र नेपाललाई एमसीसीका बारेमा स्पष्ट हुने आग्रह […]

काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने.

काठमाडौं, काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ। सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न […]

प्रदेश नं. १ मा मन्त्री परिषद विस्तार, सांसद दर्लामीलाई कृषि मन्त्रालय

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश नं. १ मा मन्त्री परिषद विस्तार, सांसद दर्लामीलाई कृषि मन्त्रालय.

झापा । झापा क्षेत्र नं. ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामी मगरले कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्दै दर्लामीलाई कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आइतबार भएको मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । जसमा खानेपानी‚ […]

प्रदेश १ मा थपिए ८ मन्त्री, आजै लिए शपथ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ मा थपिए ८ मन्त्री, आजै लिए शपथ.

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई आजै शपथ ग्रहण गराएका छन् । थपिएका मन्त्रीहरुमा माओवादीका उपनेता रामकुमार राई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री र माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त गरिएको हो । यस्तै, सामाजिक विकास मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) […]

प्रदेश १ सरकारले तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै, यस्ता छन् सम्भावित मन्त्री

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ सरकारले तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै, यस्ता छन् सम्भावित मन्त्री.

विराटनगर,  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी मन्त्रालय विस्तार गर्ने तयारी गरेका हुन्। नवनियुक्त मन्त्रीलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ। श्रोतका अनुसार आइतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट दुईरदुई मन्त्री नियुक्त हुने भएका छन्। नेपाली […]

स्थानीय तहको निर्वाचन समयमै नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचन समयमै नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं : वरिष्ठ उपाध्यक्ष पोखरेल.

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा( एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्। उनले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरे। सरकारले मिति घोषणा नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनको भनाइ थियो। एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी […]

कांँग्रेस प्रवेश गरे कपिलबस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख शाह

Published: (Updated: ) in प्रदेश तह, राजनीति, by . Leave a Comment on कांँग्रेस प्रवेश गरे कपिलबस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख शाह.

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांँग्रेसमा प्रवेश गरेका छन्। कृष्णनगरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममार्फत् उनी कांँग्रेसमा प्रवेश गरेका हुन्। नगरप्रमुख शाह गत स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वारका रूपमा विजयी भएका थिए। लुम्बिनी प्रदेशका कांँग्रेस सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य र साँसद अभिशेकप्रताप शाहले उनलाई कांँग्रेसमा स्वागत गरेका थिए।

३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा.

सुर्खेत,  सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंग्याएका छन्। केन्द्रीय नेतृत्वसँगको समन्वयमा गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । भागबन्डा अनुसार कांँग्रेसले सरकारको नेतृत्वसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, उद्योग पर्यटन वन तथा […]