विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको […]
काठमाडौं । युएईको आबुधाबीमा अलपत्र परेका तीन महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका दुई जना र […]
काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ । हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ । बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई काठमाडौं ल्याएको […]
ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख […]
काठमाडौं । कोरोना महामारीपछि विभिन्न मुलुकमा मृत्यु भएका १७९ नेपालीका शव स्वदेश ल्याइएका छन् । कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ३० हजार ९४० जना नेपाल फर्किएका छन् । विदेशमा रहेका अलपत्र नेपालीहरूका स्वदेश फर्काउनका लागि १९९ वटा उडान भएका छन् । कोरोनाभन्दा बाहेकका कारणले मृत्यु भएका मानिसको धेरै शव ल्याइएको देश साउदी अरब रहेको […]
काठमाडौं । कोरोना भाइरसबाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । संघका अनुसार विदेशमा २८ हजार ६८१ […]
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, कुवेतमा ३, यूएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि […]
काठमाडौं । आज बिहान साउदी अरब, बहराइन र कतारबाट गरी ८ सय ३१ नेपाली स्वदेश फर्किएका छन्। नेपाल एयरलायन्सका तीन वटा र हिमालय एयरलायन्सका दुई वटा विमानमार्फत उनीहरु स्वदेश आएका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कामका शिलशिलामा विदेशी भूमिमै ज्यान गुमाएका पाँच जनाको शव पनि ल्याइएको छ। साउदी अरबको रियादबाट नेपाल एयरलायन्सको विमानमा २५८ […]
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्। यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ […]
काठमाडौं । कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्। आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली […]