Sajhamanch Archive

एनएमसीका महिला कर्मचारीलाई उद्घोषण तालिम

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीका महिला कर्मचारीलाई उद्घोषण तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले आफ्ना महिला कर्मचारी तथा समितिका रहेका महिला सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने उद्घोषण तालिम प्रदान गरेको छ । संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले आयोजना गरेको सो तालिममा उद्घोषण कला, स्टेज कार्यक्रम सञ्चालन कला, नेतृत्व विकास आदि विषयमा सहजीकरण गरिएको थियो । एनएमसी बिर्तामोड कार्यालयमा फागुन १३ […]

पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग

Published: in मुख्य समाचार, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग.

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था र आरएमडिसि लघुवित्त वित्तीय संस्थाले करिब ४५० विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । आज बुधबार कचनकवल गाउँपालिकाको पथरिया माध्यमिक विद्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा त्यहाँका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको […]

सिम्रिक साकोस र गौरव कृषि सहकारीबीच एकीकरण प्रक्रिया सुरु

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोस र गौरव कृषि सहकारीबीच एकीकरण प्रक्रिया सुरु.

बिर्तामोड । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा कार्यालय रहेको गौरव कृषि सहकारी संस्थावीच एकीकरण भएको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी र गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय […]

उपचार सुविधासहित सिम्रिक साकोसका कर्मचारी सदस्यको घरदैलोमा

Published: in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on उपचार सुविधासहित सिम्रिक साकोसका कर्मचारी सदस्यको घरदैलोमा.

कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्र अन्तर्गतका दुई जना शेयर सदस्यहरुलाई आर्थिक राहत प्रदान गरिएको छ । सिम्रिक साकोसले संस्थाका सदस्य संगीता थापालाई १७ हजार ५०० रुपैयाँ राहत प्रदान गरेको हो । उनको हालैमात्र एपेन्डिसाइडको शल्यक्रिया गरिएको थियो । यसैगरी इन्दिरा थापा बोहोरालाई १३ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ […]

आदर्श साकोसको बोलोचौकमा सेवाकेन्द्र विस्तार

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on आदर्श साकोसको बोलोचौकमा सेवाकेन्द्र विस्तार.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संंंस्थाले सेवाकेन्द्र विस्तार गरेको छ । संस्थाले शिवसताक्षीको दक्षिणी भेगलाई मध्य नजर गर्दै शिवसताक्षीको वडा नं. ४ स्थित बोलोचोकमा प्रथम सेवाकेन्द्र विस्तार गरेको हो । शनिबार एक कार्यक्रमका बीच उक्त सेवाकेन्द्रको उद्घाटन गरिएको छ । संविधान सभाका सदस्य जगतबहादुर ताजपुरियाले रिवन काटेर सो सेवाकेन्द्रको […]

कोरोना संक्रमित सहाराका सदस्यहरुलाई वित्तीय सहारा प्रदान

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on कोरोना संक्रमित सहाराका सदस्यहरुलाई वित्तीय सहारा प्रदान.

झापा । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त समाजप्रतिको दायित्वलाई आत्मसाथ गर्दै झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना शेयर सदस्यहरुलाई आर्थिक राहत प्रदान गरेको छ । फागुन ७ गते शुक्रबार कनकाई नगरपालिकाको सुरुङ्गामा कोभिड सहायता कार्यक्रमको आयोजना गरी सहारा नेपालले कोरोना पोजेटिभ भई होम आइसोलेसनमा बसेका र अस्पताल बसेर उपचार गरेका […]

सतासी बहुउद्देश्य सहकारी संस्थाको तीन दिने उद्घोषण तालिम

Published: in समाज, सहकारी by . Leave a Comment on सतासी बहुउद्देश्य सहकारी संस्थाको तीन दिने उद्घोषण तालिम.

झापा । सतासी बहुउद्देश्य सहकारी संस्थाले उपसमिति र कर्मचारीलाई तीन दिने उद्घोषण तथा व्यक्तित्व बिकास तालिम आजबाट शुरु गरेको छ । समितीका सदस्यलाई आफ्ना गतिविधि आफै गर्ने र व्यक्तित्व बिकास गर्न तालीम आयोजना गरिएको ब्यबस्थापक सन्तोष श्रेष्ठले जानकारी दिए। संस्थाका उपाध्यक्ष सुजता थापा मगरको अध्यक्षता रहेको कार्यक्रममा महिला उपसमिति संयोजक धनमाया श्रेष्ठको शब्द स्वागत रहेको […]

जेनेरेटर खरिद सम्बन्धी एनएमसी झापाको कोटेसन आह्वान

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on जेनेरेटर खरिद सम्बन्धी एनएमसी झापाको कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा जेनेरेटर आवश्यकता सम्बन्धी कोटेसन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७७ । ११ । ४ यस संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरको लागि तपशील अनुसारको जेनेरेटको आवश्यक भएको हुँदा उपलब्ध गराउन सक्ने प्रदायक कम्पनी/फर्मसँग न्यूनतम दररेटसहितको कोटेसन […]

एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि शिवसताक्षी क्षेत्रलाई

Published: in शिक्षा, सहकारी by . Leave a Comment on एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि शिवसताक्षी क्षेत्रलाई.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को वित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार शनिश्चरेमा सम्पन्न भएको छ । लगातार दोस्रो पटक उपाधि जित्दै संस्थाको शिवसताक्षी क्षेत्रले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेको हो । दोस्रो हुने प्रधान कार्यालय कर्पोरेट र तेस्रो हुने कनकाई क्षेत्रले क्रमशः ८ हजार र ६ हजार रुपैयाँसहित […]

हाम्रो नेपाल साकोसद्वारा दुईजना मृतक ऋणि सदस्यको कर्जा मिनाहा

Published: in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसद्वारा दुईजना मृतक ऋणि सदस्यको कर्जा मिनाहा.

झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दुईजना शेयर सदस्यको असामयिक निधनप्रति शोक व्यक्त गर्दै परिवारजनलाई काजकिरिया खर्चसहित कर्जा मिनाहाको पत्र प्रदान गरेको छ । हाम्रो नेपाल साकोसका शेयर सदस्य मेचीनगर १३ चारआली निवासी धर्मेन्द्र राजवंशीको परिवारजनलाई दुई लाख रुपैयाँ कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो । स्वर्गीय राजवंशीले २०७७ भदौ ३ […]