दूधे । यहाँस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाको बुधबार सम्पन्न १३औं वार्षिक साधारणसभा र छैटौं अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन सतासीधाम गाविसमा स्थापित ४ वटा सामुदायिक बैंकहरु मिलाएर स्थापित सो सहकारीको नेतृत्व पालैपालो गर्ने सहमतिअनुसार निवर्तमान उपाध्यक्ष धनमाया थापा अध्यक्ष बनेकी हुन् । ११ सदस्यीय सञ्चालक समितिको […]
सहकारी ऐन २०७४ कात्तिक १ मा आयो र सो को पूरक नियमावली चाहिँ २०७६ वैशाख २३ मा आयो । सहकारी ऐन ल्याउन निकै सकस भएको थियो । धेरै सकस पछि आएको ऐनमा संशोधन हुनुपर्ने कुरा उठेको छ । जुन स्वाभाविक पनि हो । सहकारी ऐन २०७४ बनाउने बेलाको बहस कसरी सहकारीको विकास गर्न सकिन्छ भन्नेमा […]
भद्रपुर । भद्रपुर नगरपालिका १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँनाथ पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा दीपबहादुर राउत, सचिव युवराज न्यौपाने, सहसचिव मोहनकुमार श्रेष्ठ र कोषाध्यक्षमा बाबुराम पाण्डे निर्बिरोध चयन भएका हुन् । समितिका सदस्यहरूमा […]
अर्जुनधारा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वडा नं १ मा भिमलेमा अवस्थित भिमले आधाभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सो विद्यालयमा अध्ययन गर्ने ६५ जना विद्यार्थीहरुलाई सिम्रिक साकोसले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्कूल ब्याग प्रदान गरेको हो । विद्यार्थीका लागि ब्याग प्रदान गर्नुकासाथै सिम्रिकले कक्षा कोठामा जडान गर्न […]
दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री आउने विश्वास दिलाएका छन् । झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जनाए । सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै भएकाले सरोकारवाला […]
झापा । हरेक वर्ष नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आयोजना गर्ने समावेशी तीज कार्यक्रम यो वर्ष गौरीगञ्ज, दुर्गापुर र शिवगञ्जमा मनाइएको छ । भदौ १०, ११ र १२ गते तीनस्थानमा भेलाभई एनएमसीका महिला सदस्यहरुले मनोरञ्जन लिएका हुन् । एनएमसीका सेवाकेन्द्र दूधे, केर्खा र शिवगञ्जको संयुक्त तीज मिलन कार्यक्रम शिवसताक्षीका वडा नं. ४ स्थित जनता बजारमा […]
दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आज नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको २३ औं वार्षिकोत्सब तथा २५ औं साधारण सभाको अवसर पारेर आयोजना गरिएको दन्त शिविरमा ३५० जनाले दाँतको परिक्षण गराउनुको साथै १८७ जनाले रक्तदान गरेका छन् । उक्त अवसरमा ७ जनाले मृत्यु परयन्त शरिर दान र ११जनाले […]
बिर्तामोड । एनएमसी डेरीले किसानको दूध नकिनिदिएको, कर्मचारीलाई दूधको गुणस्तरको गलत तथ्याङ्क राख्न लगाएकोजस्ता अफवाह फैलाउने शरणामतिका केही मानिसको दुष्प्रचार खेती छिट्टै अनुत्पादक हुने दावी गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसीको रचनात्मक अभियानमाथि नकारात्मक सोच भएका केही मानिस, जो संस्थामा सदस्य पनि छैनन्, उनीहरुले शरणामतिमा यस्तो अफवाह […]
बुद्धशान्ति । यहाँस्थित बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आँखादान कार्यक्रम सञ्चालन गरेर सामाजिक उत्तरदायित्वमा संस्थालाई एक कदम माथि पुर्याएको छ । बुधबारे बजारको रामजानकी मन्दिरको सभाहलमा भएको साधारणसभामा सहकारीका नियमित प्रक्रियासँगै आँखा दानको महत्वका बारेमा छलफल गरिएको थियो । मेची आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले समाजमा सर्वसाधरणलाई आँखादान महादान […]
बिर्तामोड । यहाँस्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले यो वर्षको तीज मिलन कार्यक्रम परोपकार तथा अुसन्धान केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुसँग मनाएको छ । सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त सामाजिक सेवा कार्यअनुसार मातृ भाग्यरेखा साकोसले वृद्धाश्रमका ज्येष्ठ महिलासँग तीज मिलन कार्यक्रम गरेको संस्थाको महिला समितिका संयोजक नैनकला भट्टराईले बताइन् । संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा परोपकार […]