Sajhamanch Archive

आज महाशिवरात्रि पर्व,भगवान् शिवको पूजा आराधना गरिदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज महाशिवरात्रि पर्व,भगवान् शिवको पूजा आराधना गरिदै.

काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र […]

आज देशभर सेना दिवस मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज देशभर सेना दिवस मनाइँदै.

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने छ ।नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमख आतिथ्यतामा सेनाले विशेष समारोह आयोजन गर्दैछ । सेना दिवसको कार्यक्रमलाई नेपाली सेनाको शक्ति प्रदर्शनको रुपमासमेत हेरिन्छ । समारोहमा […]

हिमालीको वार्षिकोत्सवमा विविध कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिमालीको वार्षिकोत्सवमा विविध कार्यक्रम.

बिर्तामोड । झापा अर्जुनधारा–६ को हिमाली एजुकेशन फाउण्डेशनले १२ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुले बिद्यालयमा आइतवार सांस्कृति कार्यक्रमसहित कविता वाचन, फेशन सो, नाटक, निबन्ध, मार्सल आर्ट लगायतका कार्यक्रमहरु प्रस्तुत गर्दै बार्षिक उत्सव मनाएका हुन् । बिद्यालयले बार्षिक उत्सवको अवसर पारेर नृत्य प्रशिक्षक राज सुव्वा र शिक्षिका सुमित्रा गुरुङलाई नगदसहित सम्मान गरेको […]

पिएचडीको छात्रबृत्ति त्यागेर बाम आन्दोलनमा होमिएका थिए भरतमोहन

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on पिएचडीको छात्रबृत्ति त्यागेर बाम आन्दोलनमा होमिएका थिए भरतमोहन.

विराटनगर  । विराटनगरलाई कर्मथलो बनाएर बामपन्थी राजनैतिक आन्दोलनमा होमिएका अग्रज बाम नेता अनि सामाजिक व्यक्तित्वका रुपमा समेत चर्चित पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको मृत्यु भएको छ । विराटनगरले अति नै रुचाएको नेतालाई नागरीक अभिनन्दनसमेत गरिएको थियो । २१ दिनदेखि उपचारमा रहेका अधिकारीको हेम्स अस्पतालमा मृत्यु भएको हो । २०५२ सालमा तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारका अर्थमन्त्री हुदाँ […]

फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु.

पोखरा । प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा अनियंत्रित भई फेवातालमा खसेका रोमानियाका एक नागरिकको निधन भएको छ ब्लुस्काई प्याराग्लाइडिङ लेकसाईडबाट सोलो उडानका लागि अनुमति लिएर सराङ्कोटबाट उडेका ४२ वर्षीय ईड सिजरको मेट्रोसिटी हस्पिटलमा ल्याई पुर्याउदा निधन भएको हो । ‘घाइतेलाई हस्पिटल ल्याउदा मुटुको चाल बन्द भैइसेकेको थियो’, डा. गोविन्द राज पाण्डेले भने । ११:१५ बजेको समयमा […]

करेन्ट लागेर किशोरीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर किशोरीको मृत्यु.

बाजुरा । जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीया सिर्जना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ। आफ्नै घरमा रहेको मिलको पट्टामा सल लट्टपटिएपछि करेन्ट लागेर मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोल्टी ल्याइने छ।

पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एकजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एकजना घाइते.

कास्की । पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एकजना घाइते भएका छन् । घाइतेको पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । सन्तुलन नमिल्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटना बिहान ११ बजे भएको हो । तालमा खसेको प्याराग्लाडिङको फेवाताल बाराही घाटमा रहेको मोटर बोटसहितको उद्धार टोलीले उद्धार गरेको हो ।

पति अरबमा रहेका बेला काण्ड देखाउने पत्नीले पाइन् यस्तो सजाय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पति अरबमा रहेका बेला काण्ड देखाउने पत्नीले पाइन् यस्तो सजाय.

राजविराज । दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीले बालिकाको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको हो । आरोपितलाई जन्मकैदको सजाय तोक्नुका साथै […]

दर्जनौँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दर्जनौँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास.

लमजुङ । ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर […]

नियन्त्रण बाहिर नदी उत्खनन, ठेकेदारको मनोमानीमा खोला दोहन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नियन्त्रण बाहिर नदी उत्खनन, ठेकेदारको मनोमानीमा खोला दोहन.

भद्रपुर । झापा जिल्लामा नदी उत्खनन प्राकृतिक श्रोत उपभोग नियमावली विपरित भइरहे पनि स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको रहस्य बाहिर आएको छ । स्थानीय सरकारमार्फत ठेक्का लागेका झापाका अधिकांश नदी उत्खननको जिम्मा लिएका ठेकेदारले तोकिएको मापदण्ड मिचेर काम गरिरहे पनि स्थानीय सरकारले कार्वाही गर्न नसकेको पाइएको हो । प्राकृतिक श्रोत बाँडफाड तथा उपभोग नियमावली अनुसार […]