Sajhamanch Archive

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या.

पोखरा। पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । केटीको विषयलाई लिएर उनहिरुबीच झगडा हुँदा कुमारले घाँटी रेटी हत्या गरेका हुन् […]

बिर्तामोडमा खोलिँदै चिकन स्टेसन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा खोलिँदै चिकन स्टेसन.

बिर्तामोड । कुखुराको मासुको परिकार मन पराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ । बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश भारती, नगेन बुढाथोकी, नितेश मिश्र र विन्दु गुरुङको लगानीमा झापाको बिर्तामोडमा चिकन स्टेसन सञ्चालनको तयारी अन्तिम पुगेको छ । सञ्चालक राईका […]

एमिटीको वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी तथा खाद्य मेला

Published: in समाज by . Leave a Comment on एमिटीको वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी तथा खाद्य मेला.

बिर्तामोड । बिर्तामोडको आदर्श शिशु इङ्लिस स्कुल (एमिटी एजुकेशन फाउण्डेशन)–ले आफ्नो १५औं वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी, खाद्य मेला तथा सर्पदंश सम्बन्धी सचेतना लगायतका कार्यक्रम गरेको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले यसवर्ष फरक तरिकाले वार्षिकोत्सव मनाएको विद्यालयका प्रिन्सिपल सीताराम ढकालले जानकारी दिए । विगत वर्षहरुमा सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइँदै आएको थियो […]

झापाली युवाले इलाममा खोले ४ करोडकोे लगानीमा पर्यटकमैत्री रिसोट

Published: in समाज, by . Leave a Comment on झापाली युवाले इलाममा खोले ४ करोडकोे लगानीमा पर्यटकमैत्री रिसोट.

इलाम । झापा मेचीनगरका एक युवा व्यवसायीले मेची राजमार्गको इलामको रोङ्ग गाउँपालिका —३ कुटीडाडामा ४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन् । स्थानीय शान्ति निकेतन माध्यमिक विद्यालयको ५६ रोपनी जग्गा ५० वर्षका लागि ‘लिज’मा लिएर बाह्य एवम् आन्तरिक पर्यटकलाई लक्षित गदैं मेचीनगर—७ आयावारीका युवा व्यवसायी बीरबहादुर कट्वालले नयाँ वर्षको अवसर पारेर […]

भानु माध्यमिक विद्यालयको स्मारिका विमोचन

Published: (Updated: ) in समाज by . Leave a Comment on भानु माध्यमिक विद्यालयको स्मारिका विमोचन.

दूधे । शिवसताक्षी ७ स्थित भानु माध्यमिक विद्यालयले भानु स्वर्ण स्मारिका विमोचन गरेको छ । मंगलबार स्वर्ण महोत्सवको वर्षभरीका कार्यक्रम समापनको अवसरमा विद्यालयले स्मारिका विमोचन गरेको हो । स्मारिका प्रतिनिधी सभा सांसद एलपी साँवा लिम्बुले विमोचन गरेका हुन् । त्यस्तैगरी विद्यालयले शिलालेख अनावरण गरेको छ । विद्यालयलाई विभिन्न समयमा आर्थिकरुपमा सहयोग गर्ने दाताहरुको नामावलीसहितको शिलाखेल […]

१४ वर्षीय बालकको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १४ वर्षीय बालकको हत्या.

कास्की। पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। बालकको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा […]

छुरा प्रहार गरी महिलाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छुरा प्रहार गरी महिलाको हत्या.

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । राई विवाहित हुन् । […]

बाँझो जग्गा भूमिहीन परिवारलाई दिने गाउँपालिकाको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाँझो जग्गा भूमिहीन परिवारलाई दिने गाउँपालिकाको निर्णय.

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको चौथोँ गाउँ सभाद्वारा खाली जमिन भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमिन व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमिन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमिनलाई स्थानीय सरकारको नाममा […]

ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु.

कावासोती । पूर्वी नवलपरासीको डन्डामा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा बा ३ ख ९१५८ नम्बरको दूध बोक्ने ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-२ बस्ने करिब ४० वर्षीय युवराज […]

भारतको जोगवनीबाट लागुऔषधको खपत काठमाडौं पग्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतको जोगवनीबाट लागुऔषधको खपत काठमाडौं पग्यो.

लागुऔषध ओसारपसारका लागि काठमाडौंबाट विराटनगर आएका दुई युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषधको खपत काठमाडौंसम्म हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौं कलंकी डेरा गरी बस्दै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का २७ वर्षीय विशुनप्रताप साह र सिन्धुलीको मरिण गाउँपालिका –४ का २४ वर्षीय सुरेश माझीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण […]