Sajhamanch Archive

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट पैदलयात्रुको मृत्यु.

काठमाण्डौ । सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो । ठक्करबाट घाइते भएपछि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोहनमायामा भवन शिलान्यास, बी एण्ड सी समूहले बनाइदिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोहनमायामा भवन शिलान्यास, बी एण्ड सी समूहले बनाइदिने.

बिर्तामोड । बिर्तामोड नगरपालिका २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त श्रवण विद्यार्थीको आवास तथा ११–१२ तहको कक्षा सञ्चालन गर्ने उद्देश्यले चारतले भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयको नयाँ भवन निर्माणका लागि बिर्तामोडस्थित बि एण्ड सी टिचिङ हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाईको सक्रियता देखाएका हुन् […]

बुधबारेको एराएभरमा आज १९औँ वार्षिकोत्सव

Published: in खेलकुद, टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुधबारेको एराएभरमा आज १९औँ वार्षिकोत्सव.

बुद्धशान्ति । बुद्धशान्ति–३ मा अवस्थित एराएभर अंग्रेजी स्कूलले आइतबार सरस्वती पूजाको अवसर पारेर आफ्नो १९औं वार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बाँस्तोलाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतिनाटक तथा गायन प्रस्तुत गरेका थिए । विद्यार्थीहरु आफैंले निर्माण गरेका विभिन्न खानाको परिकार, विज्ञान प्रदर्शनी, […]

प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा.

पाँचथर । पाँचथरको सदरमुकाममा रहेको फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल नै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजीनामा माग गर्दै तीनवटा विद्यार्थी संगठनले आज तीन कार्यकक्षमा ताला लगाएका छन् । विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालको प्रशासनमा ताला लगाएका हुन् । प्रधानाध्यापक दुर्गाराज खत्रीको राजीनामा हुनुपर्ने […]

परोपकार तथा अनुसन्धान केन्द्रमा नयाँ नेतृत्व

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on परोपकार तथा अनुसन्धान केन्द्रमा नयाँ नेतृत्व.

बिर्तामोड । यहाँस्थित परोपकार तथा अनुसन्धान केन्द्र (बृद्धश्रम)को तेस्रो साधारणसभा शनिबार समपन्न गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख अतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै वडाध्यक्ष संग्रौलाले बावुआमालाई वृद्धाश्रममा राखेर धर्म गर्न भन्दै छोरा, बुहारी, छोरीहरु मन्दिर मन्दिर धाउने गर्नु पर्दैन भन्दै बुवाआमालाई नै भगवान मानेर […]

मन्त्रालयमा धर्ना बसेका सरकारी डाक्टरमाथि लाठीचार्ज, २० भन्दा बढी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मन्त्रालयमा धर्ना बसेका सरकारी डाक्टरमाथि लाठीचार्ज, २० भन्दा बढी पक्राउ.

काठमाडौ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ । सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा। दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । गोदानले […]

खैरो हिरोइनसहित सेनाका जवान पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खैरो हिरोइनसहित सेनाका जवान पक्राउ.

काठमाडौं । प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका-१ का २४ वर्षीय ऐकेन्द्र शाही छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीसहित घोडाघोडी नगरपालिका-६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र […]

दुर्घटनामा चालकको मृत्यु, १३ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनामा चालकको मृत्यु, १३ घाइते.

धादिङ । लापर्वाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौं ट्रमा […]

व्याट्री पड्किँदा दुवै आँखा बन्द

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्याट्री पड्किँदा दुवै आँखा बन्द.

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए । सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री […]

३६० किलो चरेससहित तीनजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३६० किलो चरेससहित तीनजना पक्राउ.

धादिङ । धादिङको गजुरीबाट ३६० किलो लागू औषध चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको हो । प्रहरीले भारत मोतीहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ । भारत लैजान लागेको अवस्थामा चरेश नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ […]