बिर्तामोड । बिर्तामोडमा भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट बनाउन महिलाको ठूलो भमिका रहेको आयोजकले जनाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा ५५ प्रतिशतभन्दा बढी महिला अवलोकनकर्ता आएका छन् । महोत्सव स्थलभित्रका महिला उद्यमीहरु हरेक दिन १५ घण्टाभन्दा बढी खट्ने गरेको अध्यक्ष कुमार भट्टराईले बताए । बाहिरबाट आएका स्टलहरुमा पनि अधिकांश […]
बिर्तामोड । परम्परागत नौमति बाजाको संरक्षण गर्दै यसप्रति युवापुस्ताको रुचि जगाउने एवम् बाजा प्रशिक्षरण गर्नै लक्ष्यका साथ यहाँका नौजना युवाले नयाँ अभियान सुरु गरेका छन् । समाज रुपान्तरणका केही गरौं भन्ने अभिलाषा बोकेका नौजना युवा व्यवसायीले एक्टिभ नाइन नामक संस्था स्थापना गरी पहिलो प्रयास स्वरुप नौमति बाजाको संरक्षण अभियान सुरु गरेका हुन् । आज बिर्तामोडमा […]
काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । यसका लागि सहयोग रकम पनि आउन थालिसकेको छ । यसैबीच रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया गएका छन् । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा […]
झापा । झापाको बिर्तामोडबाट प्रशारण हुने सूर्याेदय टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘वारपार’ले सफलता पूर्वक एक सय एपिसोड पूरा गरेको छ । यस्तो महत्वपूर्ण लक्ष्य पूरा गरेकोमा टेलिभिजन सञ्चालक टिमले शनिबार सुरुङ्गामा आयोजित कार्यक्रममा ‘वारपार’का निर्माता निर्देशक एवम् प्रस्तोता टिकाराम ‘नेति’ नेपाललाई सम्मानसहित कम्पनीले बधाई ज्ञापन गरेका छन् । सूर्याेदय टिभी एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेतीले […]
हेटौंडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले सोनाम ल्होछार (ल्होसार)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनाम ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो। तामाङबाहुल्य प्रदेश नं […]
उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ । मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । बालक जेनीसलाई पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको थियो । तर अस्पतालको गलत उपचारले बालकको ज्यान गएको भन्दै […]
काँकरभिट्टा । झापाको काँकरभिट्टामा आइतबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले हरेक क्षेत्र पर्यटक मैत्री बन्न जरुरी रहेको बताएका छन् । ५औँ ग्रामीण पर्यटन महोत्सवको अवसरमा ट्राभल संघ झापाले ‘पर्यटक गाईड’ लाई लक्षित गरी आयोजना गरेको दुईदिने ‘पर्यटक व्यवस्थापन तथा सम्मान एवम् सीप र दक्षता’ सम्बन्धी तालिममा सहभागी पर्यटक गाईडहरुलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गर्न आयोजित […]
बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढाटाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट […]
महानगरीय अपराध महाशाखाको टोलीले गुण्डा नाइकेको रुपमा चिनिँदै आएका राजु गोर्खालीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर तेब्बर भाडा असुल गरेको, कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिएको लगायतका उजुरीपछि महाशाखाले गोर्खालीलाई पक्राउ गरेको हो । सुन्धारा क्षेत्रमा राजु गोर्खाली समूहको […]
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका गोबरगाढा टापु क्षेत्रबाट गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी ४२ किलो गाँजासहित उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बिहार, सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय […]