बिर्तामोड । तत्कालीन गरामनी गाविसमा २०५४ सालको निर्वाचनबाट विजयी अध्यक्ष देवी घिमिरेको ६२ वर्षकै अल्पायुमा आज निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा उनको आज साँझ ६ः५३ मा निधन भएको हो । फोक्सोको निमोनिया भई एआरडिएस अवस्थामा आईसीयुमा राखेर उपचार भइरहेकोमा एक सातादेखि मुटु र किड्नीमा समेत संक्रमण भएकाले उपचारकै क्रममा उनको निधन […]
रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । देवदह नगरपालिकाको घोडाहा र भलुहीबीचमा लु २ ख ३५४७ नम्बरको टिपर र लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा अन्दाजी २३ वर्षीय युवकको ज्यान गएको हो । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले दुर्घटनामा ज्यान गए पनि पहिचान हुन बाँकी रहेको बताए । […]
मान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । गत पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारबाहीका लागि दुवै जनालाई […]
प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको […]
बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् । दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै […]
इलाम जिल्लामा विकास संस्थानअन्तर्गत रहेका चारवटा चीज उत्पादन केन्द्र खस्किँदै गएका छन्। आवश्यकता अनुसार दुध संकलन नहुनु र उत्पादित चिजले बजार नपाउँदा चिज उत्पादन केन्द्र दयनीय अवस्थामा पुगेका हुन् । दुग्ध उत्पादनमा अग्रणी स्थानमा रहेको इलामका चिज उत्पादन उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । दैनिक ४५ हजार लिटरभन्दा बढी दूध प्रशोधन क्षमताका उद्योग धराशायी […]
काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ । आसपासका पहाडमा हिउँ परेपछि, थुप्रै काठमाडौं उपत्यकाबासीरु हिउँ खेल्न, हेर्न जान लालायित हुन्छन् । आसपासका फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका […]
काठमाण्डौबाट भैरहवाका लागि छुटेको बस र कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका १५ मा लु १ ख ८७९७ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको लु १ ग ३१० नम्बरको दमकल एक आपसमा ठोक्किँदा बसमा सवार २६ […]
सप्तरीको रुपनीमा प्रहरीले गरेको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको छ । विभिन्न आपराधिक घटनाका आरोपी सप्तरीको कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरीको प्रहरी कारबाहीमा मृत्यु भएको हो । नियमित गस्तीका क्रममा राजविराजबाट रुपनी आइरहेको प्रहरीको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफ कारबाही गर्दा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका चौधरीले प्रहरीमाथि […]
बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि आज कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसवर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ […]