Sajhamanch Archive

युएईका दुई जेलमा ७८ जना नेपाली

Published: in समाज by . Leave a Comment on युएईका दुई जेलमा ७८ जना नेपाली.

युएई । युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् । यो वर्षमा दोस्रो पटक सुरु गरेको जेल भ्रमण अभियान अन्तर्गत दुतावास प्रतिनिधि […]

स्वास्थ्य चौकीमा गर्भ जाँच गराउँदा चना, मटर र नुन उपहार

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on स्वास्थ्य चौकीमा गर्भ जाँच गराउँदा चना, मटर र नुन उपहार.

ताप्लेजुङ । गर्भ जाँच गराउन स्वास्थ्य चौकी गएकी मेरिङ्देन गाउँपालिका-१ थिङ्लावुकी कमला शेर्पालाई स्थास्थ्यकर्मीले चना, मटर र नुनको पोको हातमा राखिदिए। गर्भ जाँच गराउन आएकी शेर्पाको हातमा स्वास्थ्य चौकीले चना, मटर र नुनको पोको थमाइ दिएपछि एकछिन त उनी अचम्ममा परिन्। औषधि पाउने ठाउँमा पोषिला खानेकुरा पाइएला भन्ने उनले कल्पना समेत गरेकी थिइनन्। ‘स्वास्थ्य चौकीमा यसरी […]

अन्तर विद्यालय बक्तृत्वकलामा हिमाली इङ्लिस बोर्डिङ्ग स्कुल प्रथम

Published: in समाज by . Leave a Comment on अन्तर विद्यालय बक्तृत्वकलामा हिमाली इङ्लिस बोर्डिङ्ग स्कुल प्रथम.

कमल । झापाको कमल गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय बक्तृत्वकला प्रतियोगितामा हिमाली इङ्लिस बोर्डिङ्ग स्कुलका आर्दश सिग्देल प्रथम र योजना तिम्सिना द्वितीय भएका छन् । त्यस्तै स्मारिका इङ्लिस बोर्डिङ्ग स्कुलका विष्णु विष्ट तृतीय भएका हुन् । कमल नगर जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत गरिएको आजको नेपाल अनि युवाको भुमिका विषयक बक्तृत्वकलामा गाउँपालिका भित्रका १४ ओटा विद्यालय […]

एचआइभी संक्रमितलाई उपचारको कमी हुँदैन : प्रधानमन्त्री ओली

Published: in समाज by . Leave a Comment on एचआइभी संक्रमितलाई उपचारको कमी हुँदैन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छन्। ३१ औं विश्व एड्स दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संक्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गरे। प्रधानमन्त्री ओलीले सबै संक्रमितलाई निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत संस्थालाई आग्रह गरेका छन्। एचआइभी एड्स […]

यस्तो थियो १९९० को भूकम्पअघि रानीपोखरी

Published: (Updated: ) in समाज by . Leave a Comment on यस्तो थियो १९९० को भूकम्पअघि रानीपोखरी.

काठमाडौं । भूकम्पका कारण क्षति पुगेको रानीपोखरी साढे तीन वर्ष बितिसक्दा अझै बन्ने सुरसार छैन। रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपाल मन्दिरको पुनर्निर्माणका विषयमा महानगर र पुरातत्त्व विभागबीच विवाद हुँदा पुनर्निर्माण हुन नसकेको हो। तत्कालीन राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्र मल्लको शोकमा रहेकी रानीलाई भुलाउनअठारौँ शताब्दीको सुरुमा रानीपोखरी निर्माण गर्न लगाएको बताइन्छ। रानीपोखरीको मध्य भागमा बालगोपालको […]

निःशुल्क स्वास्थ्य शिविरमा सात सयले लिए सेवा

Published: in समाज by . Leave a Comment on निःशुल्क स्वास्थ्य शिविरमा सात सयले लिए सेवा.

बनियानी । झापाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी शुक्रबार बनियानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट सात सय बढीले सेवा लिएको आयोजक संस्था शहीद स्मृति प्रतिष्ठानका मेदनी शिवाकोटीले जानकारी दिए । नेकपा निकट सामाजिक संस्था शहीद स्मृति प्रतिष्ठान कचनकवल, शहीद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठान कचनकवल र द्रोणाचार्य प्रतिष्ठान तथा बनियानी स्वास्थ्य केन्द्रले स्वास्थ्य […]

पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित).

फिदिम । आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङलाई उद्धार गरी उपचार गर्न पठाइएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवाका उनी दुई वर्षयता दाम्लोमा बाँधिँदै आएका थिए। समाचार प्रकाशन भएपछि संघसंस्थाबाट सहयोग जुट्न थालेको हो। बालकलाई पत्रकार तथा मानवअधिकारकर्मीको रोहवरमा बिहीबार उद्धार गरी उपचार गर्न पठाइएको हो। मित्रहाङको उपचार गर्न मिक्लाजुङ गाउँपालिकाले […]

एसइईको समयतालिका सार्वजनिक हेर्नुहोस कहिलेबाट

Published: in समाज by . Leave a Comment on एसइईको समयतालिका सार्वजनिक हेर्नुहोस कहिलेबाट.

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसइईको समयतालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबारको बैठकले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको समय तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेबाट सुरू भएर ११ बजेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको […]

आमासँगको विवादमा छोरीले मट्टितेल छर्किएर आगो लगाइन गयो ज्यान

Published: in समाज by . Leave a Comment on आमासँगको विवादमा छोरीले मट्टितेल छर्किएर आगो लगाइन गयो ज्यान.

सफतरी । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास […]

मनकामना मन्दिरमा सुनको छानो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामना मन्दिरमा सुनको छानो.

गोरखा । पुनर्निर्माण सकिएसँगै गोरखामा रहेको प्रसिद्घ धार्मिक स्थल मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुला गरिएको छ । यस अघि मन्दिर नजिकैको टहरोमा भगवतीको प्रतिमा स्थापना गरेर पूजाको ब्यवस्था मिलाइएको थियो । २०७२ असारबाट पुनर्निर्माण शुरु भएको मन्दिर निर्माण सकिसँगै मन्दिर भित्रै पूजाको ब्यवस्था मिलाइएको पुजारी इन्सान थापाले जानकारी दिए । मन्दिर भित्र पूजा शुरु […]