काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाललाई जलमार्गबाट जोड्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न दुवै देशका अधिकारीहरूबीच छलफल हुने भएको छ। आगामी असार ३१ र ३२ काठमाडौंमा दुवै देशका छुट्टाछुट्टै संयन्त्रको संयुक्त बैठक बसी जलमार्गका सम्भावना, प्राविधिक तथा आर्थिक पक्ष र कुन नदीमा कस्तो खालको पानीजहाज चलाउन सकिन्छ भन्नेबारेमा विस्तृत छलफल हुने भएको हो। बैठकमा […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले वर्तमान सरकार शोषक सामन्तीको पक्षमा उभिएको टिप्पणी गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् । सत्तापक्षमा हुँदा र नहुँदा दलहरूको व्यवहार फरक–फरक रहेको भन्दै कार्कीले संविधानले दिएको अधिकारलाई केपी ओली सरकारले हनन् गरेको आरोप लगाइन् । उनले केपी ओली र […]
सुनसरी । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च भएको छ। पूर्वि भेगमा तीन दिन यताको वर्षासँगै सप्तकोशी नदीको वहावमा मंगलबार बढेको हो। पछिल्लो मापनअनुसार कोशीमा पानीको वहाव एकलाख ३८ हजार ७५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ। कोशी व्यारेजका २३ वटा ढोका खोलिएका छन्। आइतबार साँझ एक लाख ३१ हजार क्युसेक पुगेको नदीको वहाव क्रमश घट्दो […]
काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न खेलमा सट्टेबाजीको धन्दा चलाएर नेपाल र भारतमा सम्पत्ति जोडेको नागराज भनिने नथमल अग्रवाललाई सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाएको छ । महाशाखाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सट्टेबाजीको नेपाली कोब्रा अग्रवाललाई मंगलबार पेस गरेको छ । संगठित रूपमा नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएका भारतीय नागरिक अग्रवाललाई गएको साता पानीपोखरीबाट प्रहरीले पक्राउ […]
बैंकक । थाइल्याण्डको एक गुफामा १० दिनदेखि थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई फेला पारिएको छ । गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका हुन् । ११ देखि १६ वर्षसम्मका ती बालक वाइल्ड बोअर […]
लहान । सिरहाको गोलबजारमा खोलामा बग्दै गरेकी एक महिलाको उद्धार गरिएको छ। मैनाबत्ती खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा वडाध्यक्ष धनप्रसाद लामालगायतले उद्धार गरी गोलबजार नगरपालिका ३ की करिब ४० वर्षीया बिना योञ्जनको ज्यान जोगाएका हुन्। बाढीमा करिब दुई किलोमिटर बगेकी बिनाको उद्धारपछि गोलबजारस्थित हेल्थ केयर सेन्टर गोलबजारमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। […]
नवलपरासी । वर्षाको कारण पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ लक्ष्मीपुरमा धानखेती डुवानमा परेपछि स्थानियले नहर फुटाएर पानीको नीकास गराएका छन्। भारतीय पक्षले रानीनगर साईफन सफा नगर्दा आफुहरुको खेत डुवानमा परेको भन्दै स्थानियले सोमबार राति नहरको डिल फुटाएका हुन्। भारतीय पक्षले साईफनहरु सफा गर्ने आश्वासन दिएर झाराटाराई किसिमले मात्र सफा गरेको देखाएको र नहरकै […]
बाँके। बाँकेमा बाढीमा दुई जनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको डल्लीपुर नालामा बगाउँदा ज्यान गएको छ । बिहान खोला तर्नेक्रममा बगाएर बेपत्ता भएका सुनारको शव ५०० मिटर टाढा झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसैगरी बैजनाथ ३ का ६५ वर्षीय […]
भक्तपुर । भक्तपुरमा पहिलो पटक माध्यमिक विद्यालय तहमा कानुन संकायको पढाई सुरु भएको छ । निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानुन संकायको पढाई सुरु गरेको हो । आज भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै भक्तपुर निष्टका संस्थापक प्रिन्सिपल एवं भक्तपुर प्याब्सनका […]
विर्तामोड । यामाहा मिस टिन प्रदेश नं. १–२०१८ बिर्तामोडकी रुक्सुम गुरागाई बनेकी छिन् । आइतवार राति सम्पन्न ग्राण्ड फिनालेमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १ को ताज पहिरिएकी हुन् । उपाधिसहित गुरागाईले मिस नेचुरल व्यूटीको समेत उपाधि हात पारिन् । प्रतियोगितामा विजयी भएसँगै गुरागाईले बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल […]