काठमाडौँ । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बिहीबार प्रहरीले उनीहरुलाई पक्राउ गरी सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको थियो। प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ। नेपालको मुलुकी अपराध संहिता २०७४ […]
झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धिकरण मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ । सदस्य शुद्धिकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा नै उत्रनु परेको जनाइएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष […]
काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। ‘नतिजा नै नआइकन […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार […]
विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने […]
विर्तामाड । पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको […]
काठमाडौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथप्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले जानकारी दिए । डीएसपी डाँगीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छि ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति […]
काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको […]
शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौको साझेदारीमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा नगरका ६ हजार ५३४ पशुको निशुल्क उउपचार गरिएको छ । नगरपालिकाको पशु स्वाथ्य सेवा शाखाको आयोजनामा वडा नं. १, २, ३ र १० मा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य संंख्यामा पशुहरुलाई विभिन्न रोगहरुको उपचार गरिएको हो । वडा नं. १ मा ७५३, वडा नं. २ मा […]