काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। आज बिहान ११ः३५ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः […]
काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर […]
रौतहट । रौतहटको मौलापुरमा गतएराति आमा र छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा […]
विर्तामोड। झापा गाउँपालिमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्री वृद्धको उपचारको क्रममा शनिबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा झापा गाउँपालिका- ६ शरणामतीस्थित पन्थपाँडा- शरणामती भित्री सडक खण्डमा दक्षिणबाट […]
बुटवल । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ । नदीमा पानीको सतह ५.६ (एम) खतराको तह भएकोमा ७.२२ (एम) सतहमा पुगेको […]
काठमाडौँ । मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्। महाराष्ट्रको बुलढाना जिल्लाका एसपी सुनील कडासानेका अनुसार यस दुर्घटनामा अहिलेसम्म २५ जनाको मृत्यु भएको छ। दुर्घटना हुँदा बसमा ३२ जना यात्रु रहेको बताइएको छ । आगोले निदाएका […]
संखुवासभा।सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला […]
काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको सेन्ट जेभियर्स स्कूलमा विद्यार्थी लक्षित एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यययनरत छात्र छात्रालाई पूर्वीय हिन्दू दर्शनमा आधारित रहेर जीवन जिउने कला सिकाइएको हो । जीवन विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नव प्रतिभा नाम दिएर सञ्चालित […]
भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ […]