Sajhamanch Archive

सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च.

झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् । संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको […]

छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली.

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले चितवनमा छन्। आज परेको राष्ट्रिय धान दिवस मनाउन उनी पत्नी राधिकासहित बिहिबारै चितवन पुगेका हुन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि […]

कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली.

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले भने, ‘अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि […]

चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने.

चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् । विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी […]

तीन जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तीन जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने.

काठमाडौं । आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार […]

बिर्तामोडमा एक मजदूरको करेन्ट लागेर मृत्यु

Published: in लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडमा एक मजदूरको करेन्ट लागेर मृत्यु.

बिर्तामोड । सडक निर्माणको क्रममा करेन्ट लागेर झापा, बिर्तामोड- २ मा आज बिहान एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ सैनिकमोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई […]

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]

नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित.

काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन् । यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो […]

आजको मौसम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम.

काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ । मौसमविद् विनु महर्जनका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ […]

मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्न रोकिएन, सडक अवरूद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्न रोकिएन, सडक अवरूद्ध.

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले […]