Sajhamanch Archive

बुण्डेसलिगमा आज दुई खेल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बुण्डेसलिगमा आज दुई खेल.

कोरोनाभाइरसका कारण गत मार्चमा स्थगित भएर शनिबारदेखि फेरि सुरु भएको जर्मन बुण्डेसलिगमा आज (आइतबार) दुई खेल हुँदैछन् । जसमा शीर्ष स्थानको वार्यन म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्नले मेइन्जसँग खेल्दैछ । शनिबार बवरुसिया डर्टमण्डले साल्कालाई ४-० ले पराजित गर्दै वार्यनसँग अंकदुरी १ मा झारेको छ । त्यसैले आज वार्यन सामु फेरि अंकदुरी बढाउन मौका छ […]

बाबर आजम पाकिस्तान क्रिकेट टिमको एकदिवसीय र टि-२० कप्तान

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बाबर आजम पाकिस्तान क्रिकेट टिमको एकदिवसीय र टि-२० कप्तान.

एजेन्सी । ब्याट्सम्यान बाबर आजम पाकिस्तानको एकदिवसीय र टि-२० टिमको कप्तान बनेका छन् । पाकिस्तान क्रिकेट बोर्डले आजमलाई दुई विधामा कप्तान चयन गरेको हो । बोर्डले २०२०-२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा परेका १८ खेलाडीको नाम सार्वजनिक गर्दै कप्तान पनि चयन गरेको हो । यस्तै टेष्ट कप्तानमा अजर अली रहनेछन् । यसअघिका कप्तान सर्फराज अहमदलाई हटाइएपछि […]

आईपीएलमा ह्याट्रिक लिएको सम्झिँदा आफैं चकित हुन्छु : रोहित शर्मा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलमा ह्याट्रिक लिएको सम्झिँदा आफैं चकित हुन्छु : रोहित शर्मा.

भारतीय क्रिकेटर रोहित शर्मा अहिले विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । सीमित ओभरको क्रिकेटमा अहिले रोहित ‘रोहित’ उपनामले चर्चित छन् । ब्याटबाट रन बनाउने उनको मुख्य काम हो । तर कुनै बेला रोहितले बलिङ गरेर लगातार तीन बलमा विकेट लिएका थिए अर्थात ह्याट्रिक विकेट । मुख्य बलरलाई समेत गाह्रो हुने यो काम रोहितले सन् २००९ को […]

पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण

Published: (Updated: ) in खेलकुद, स्वास्थ्य by . Leave a Comment on पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण.

काठमाडौं । नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण भएको छ । हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनी हाल ‘सेल्फ आइसोलेसन’मा रहेका छन् । कोरोनाको लक्षण देखा नपरेको र खासै समस्या नभएका कारण सेल्फ आइसोलेसनमा बसेको उनले […]

धेरै मेडन ओभर बलिङ गर्ने पाँच खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on धेरै मेडन ओभर बलिङ गर्ने पाँच खेलाडी.

विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट आईपीएल कोरोना भाइरसको त्रासका कारण १५ अप्रिलसम्मका लागि स्थगित भइसकेको छ । अहिलेकै अवस्था कायम रहे १५ अप्रिल देखि पनि प्रतियोगिता आयोजना हुने सम्भावना छैन । क्रिकेटमा बलिङ, ब्याटिङ, फिल्डिङलगायत धेरै कुराहरुले खेलको हारजित तथा खेलाडीहरुको व्यक्तिगत प्रदर्शनको मापन गर्दछन् । बलिङमा कम रन दिने, धेरै विकेट लिने, कम छक्का […]

नेपाली फुटबल टिमको इङ्ग्ल्याण्ड भ्रमण अर्को सूचना नआएसम्म स्थगित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाली फुटबल टिमको इङ्ग्ल्याण्ड भ्रमण अर्को सूचना नआएसम्म स्थगित.

काठमाडौं । आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको हो । नेपाली फुटबल टिमले भ्रमणका क्रममा आउँदो जेठ २५ गते इङ्ल्याण्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । विश्वका विभिन्न देशमा कोरोना भाइरस […]

टोकियो ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on टोकियो ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा.

एजेन्सी । टोकियो ओलम्पिकको टर्च र्‍याली आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यस पटकको ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ । सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्थो ।  यसपटक भने सुनसान रंगशालामा टर्च र्याली हुने भएको […]

जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मुनाललाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मुनाललाई.

शान्तिनगर । झापा बुद्धशान्तिमा सम्पन्न जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मुनाल क्लबले उचालेको छ । शनिबार भएको उपाधि भिडन्तमा झापा एफसी राजगढलाई सडन डेथमा पराजित गर्दै मुनाल क्लब चन्द्रगढीले उपाधि उचालेको हो। मुनाल क्लब चन्द्रगढिकाका लागि बिकास राईले खेल सुरु भएको केहिबेरमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यता उपविजेताको टिम झापा एफसिबाट […]

उपाधिका लागि मुनाल क्लब चन्द्रगढी र झापा एफसी राजगढ भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on उपाधिका लागि मुनाल क्लब चन्द्रगढी र झापा एफसी राजगढ भिड्दै.

शान्तिनगर । बुद्धशान्ति गाउँपालिकामा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज मुनाल क्लब चन्द्रगढी र झापा एफसी राजगढ भिड्दैछन् । उपाधि भिडन्त आज दिउँसो ३ बजे बुद्धशान्ति ४ सट्टाभर्ना स्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ । यसअघि मुनाल क्लब चन्द्रगढीले आयोजक सृजनसिल युवा समाजलाई र झापा एफसी राजगढले पुर्वेली युथ […]

सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई.

अर्जुनधारा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि रक्षा गरेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमूना खेलमैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट […]