Sajhamanch Archive

प्रथम मेचीनगर वडास्तरीय फुटबलः वडा नम्बर १ विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on प्रथम मेचीनगर वडास्तरीय फुटबलः वडा नम्बर १ विजयी.

मेचीनगर । वडा खेलकुद सिमिति मेचीनगर ८ को आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कूल)को खेलमैदानमा आइतबार भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर १४ लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । […]

मेलबर्न स्टार्सको लगातार दोस्रो जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेलबर्न स्टार्सको लगातार दोस्रो जित.

काठमाण्डौ । अस्ट्रेलियाको घरेलु क्रिकेट लिग बिग बाशमा सन्दीप लामिछाने राम्रो बलिङ गरेका छन् । होबार्ट हुरिकेन्सविरुद्ध आइतबारको खेलमा सन्दीपले महत्वपूर्ण एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १८ रन दिँदै एक विकेट हात पारे । प्रतियोगितामा मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा […]

पीएसजीको जीतमा एमबाप्पेको दुई गोल

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पीएसजीको जीतमा एमबाप्पेको दुई गोल.

 स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार र माउरो इकार्डीले गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एमेइन्सलाई ४–१ गेलले हरायो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले एक–एक गोल गरे । एमेइन्सका स्टेभिन मेन्डोजाले एक गोल फर्काएका थिए । […]

सीमा विवाद बारे भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नु पर्ने नेता सिटौलाको भनाई

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सीमा विवाद बारे भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नु पर्ने नेता सिटौलाको भनाई.

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बिचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा वडा स्तरीय ‘बीच’ भलिबल प्रतियोगिता सुरु भएको हो । पुस ७ […]

मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता वडा नं. ४ र १३ विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता वडा नं. ४ र १३ विजयी.

झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा वडा नम्बर ४ र १३ विजयी भएका छन् । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा शनिबार भएको पहिलो खेलमा वडा नम्बर १३ ले वडा नम्बर ७ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ […]

शरणामतीमा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शरणामतीमा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने.

सुरुङ्गा । झापाको झापा गाउँपालिका शरणामतीमा आगामी पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिकासहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले शनिवार सुरुङ्गाको एसपी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी […]

ए डिभिजन लिग : जाउलाखेल युथ क्लबको पहिलो जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ए डिभिजन लिग : जाउलाखेल युथ क्लबको पहिलो जित.

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यले हरायो । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई पाखा लगायो । पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो । उनले […]

उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ विजयी.

झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मा शुक्रबार आज भएको उद्घाटन खेलमा वडा नम्बर ८ ले वडा नम्बर १५ लाई ३–१ गोल अन्तरले […]

आईपीएलको अक्सन आज

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलको अक्सन आज.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आज कलकत्तामा हुँदैछ । आईपीएलको १३ औं संस्करणका लागि १ सय ८६ भारतीय र १ सय ४६ गैरभारतीय खेलाडीबीच अक्सन हुन लागेको हो ।आईपीएलमा सहभागी ८ क्लबले बोलकबोलमा खेलाडी भित्र्याउने छन् । क्लबहरूसँग न्यूनतम १८ लाख डलरदेखि ६० लाख डलरसम्म अक्सनका लागि बाँकी छ । साविक […]

बार्सिलोना र रियाल मड्रिडले बराबरी खेले

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on बार्सिलोना र रियाल मड्रिडले बराबरी खेले.

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको मैदान नुओ क्याम्पमा गएराती भएको ‘एल क्लासीको’ बराबरीमा सकिएको हो । दुबै टोलीले एक एक अंक बाँडेपछि अंक तालिकामा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियाल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट […]