Sajhamanch Archive

नेपाल-यूएई पहिलो टी-२० आज : नेपाललाई इतिहास रच्ने अर्को अवसर

Published: in खेलकुद by . Leave a Comment on नेपाल-यूएई पहिलो टी-२० आज : नेपाललाई इतिहास रच्ने अर्को अवसर.

काठमाडाैं । यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईसँग पहिलो खेल खेल्नेछ । तीनवटा एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित […]

इटहरी गोल्डकपमा मनाङ मर्स्याङ्दी र पुलिस क्लब खेल्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on इटहरी गोल्डकपमा मनाङ मर्स्याङ्दी र पुलिस क्लब खेल्दै.

मदनभण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब खेल्दैछन् । खेल दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुनेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी उपाधि नजिक पुगिसकेको छ । […]

काँकरभिट्टामा इन्टर टीम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Published: in खेलकुद by . Leave a Comment on काँकरभिट्टामा इन्टर टीम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न.

काँकरभिट्टा । शहीद दिवसको दिन बुधबार काँकरभिट्टामा इन्टर टीम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड युथ ओपन स्काउट क्रिउ धुलाबारीले मेची सामुदायिक भवनमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको एकल प्रतिष्पर्धातर्फ समिर बाँस्कोटा प्रथम, प्रतिक दाहाल द्वितीय र यामनाथ श्रेष्ठ तृतीय बने । त्यस्तै, समूहगत प्रतिष्पर्धातर्फ नवीन खड्का र गौरव झा, अभिषेक रम्तेल र […]

नेपाली राष्ट्रिय महिला फुटबल टोली झापामा

Published: in खेलकुद by . Leave a Comment on नेपाली राष्ट्रिय महिला फुटबल टोली झापामा.

भद्रपुर । फोर लेशन वुमन च्याम्पियनशिपमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोली बुधबार झापा आएको छ । भारतको उडिसा राज्यमा हुने प्रतियोगिताको पूर्वसन्ध्यामा अभ्यास खेलका लागि झापा आइपुगेको टोलीलाई स्वागत पनि गरिएको छ । जिल्ला खेलकुद विकास समितिले मेची रङ्गशालामा कार्यक्रम आयोजना गरेर अफिसियल र खेलाडीसहितको २९ सदस्यीय टोलीलाई स्वागत गरेको छ । अभ्यास […]

कतार एसियन कप फुटबलको फाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कतार एसियन कप फुटबलको फाइनलमा.

काठमाडौं। आयोजक यूनाईटेड अरब ईमिरेट्स (यूएई)लाई चार शून्यले हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईको आबुधाबीमा रहेका मोहम्मद विन जायद स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु समर्थकलाई स्तब्ध बनाउन २२ औं मिनेटमा कतारका लागि बोलिम खौकीले पहिलो गोल गरे त्यस्तै पहिलो हाफको ३७ औं मिनेटमा अल्मोज अलिले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। […]

जिखेविस झापा : ८ खेलमा प्रशिक्षक नियुक्त

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on जिखेविस झापा : ८ खेलमा प्रशिक्षक नियुक्त.

मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि झापामा स्वयम्सेवक प्रशिक्षक नियुक्त गरिएको छ । प्रतियोगितामा जिल्लाबाट भाग लिने खेलाडीलाई प्रशिक्षण दिन ८ वटा खेल विधाका प्रशिक्षक नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए । मङ्गलबार ८ जना प्रशिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको हो । समितिले फुटबलतर्फ युगलकिशोर राई र अस्मिता […]

नेपाल पहिलोपटक आइसिसीको एकदिवसीय बरियतामा, कतिऔं स्थानमा छ त ?

Published: in खेलकुद by . Leave a Comment on नेपाल पहिलोपटक आइसिसीको एकदिवसीय बरियतामा, कतिऔं स्थानमा छ त ?.

काठमाडौँ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो । सोमबार भएको […]

नेपाललाई ऐतिहासिक सफलता, जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज

Published: in खेलकुद by . Leave a Comment on नेपाललाई ऐतिहासिक सफलता, जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज.

काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २(१ ले जितेको हो। नेपालको जितमा कप्तान पारस खड्काको उल्लेखनीय योगदान रह्यो। उनले १५ चौका र एक छक्काको मद्दतले १०९ बलमा ११५ रन बनाएका थिए। […]

युएईले नेपाललाई दियो २५५ रनको चुनौती

Published: in खेलकुद by . Leave a Comment on युएईले नेपाललाई दियो २५५ रनको चुनौती.

काठमाडौं । तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई युएईले २५५ रनको चुनौती पेश गरेको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले […]

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदै.

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेपछि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपाल पहिलो शृंखला जित्ने लक्षसहित युएई पुगेको हो । नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । […]