Sajhamanch Archive

नेपालकाे लगातार दोस्रो हार

Published: in खेलकुद by . Leave a Comment on नेपालकाे लगातार दोस्रो हार.

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले जकार्ता एसियाडमा दोस्रो हार ब्याहोरेको छ। नेपालले समुह डि को आफ्नो दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना कमजोर बनेको छ। यसअघि नेपाल जापानसँग १-० ले पराजित भएको थियो। पहिलो हाफको ३१ औँ मिनेटमा गुयन अन डुकले गोल गर्दै भियतनामलाई सुरुवाती अग्रता दिलाए। भियतनामले दोस्रो […]

सीपीएलमा सन्दिपकाे पाँच विकेट, हार्‍याे प्याट्रियट्स

Published: in खेलकुद by . Leave a Comment on सीपीएलमा सन्दिपकाे पाँच विकेट, हार्‍याे प्याट्रियट्स.

नेपाली लेग स्पीनर सन्दिप लामीछानेले उत्कृष्ट प्रदर्शन गरेपनि क्रिस गेलको कप्तानीमा रहेको सेन कीट्स एन्ड नेभिस प्याट्रियट्स जमैका तालावासँग पराजित भएको छ। पहिलो ब्याटिङ गरेको जमैकाको सन्दीपले दुई विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे। किफायति बलर देखिएका सन्दिपले ४ ओभर बलिङ गरेर २ विकेट लिंदै २१ रन मात्र खर्चिएका थिए। जमैकाले प्याट्रियट्स विरुद्ध १ सय ७९ […]

जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै.

काठमाडौं । एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ । तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ । एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष […]

उपाधि दाबेदार लिभरपुलको रवाफिलो जित

Published: in खेलकुद, by . Leave a Comment on उपाधि दाबेदार लिभरपुलको रवाफिलो जित.

इंग्लिस प्रिमियर लिगमा जारी सिजन उपाधिका लागि सर्वाधिक अघि मानिएको लिभरपुलले आफ्नो पहिलो खेलमा रवाफिलो जित हासिल गरेको छ। आफ्नो उदघाटन खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो। प्रिमियर लिगमा जित संख्या ५०० पुर्‍याउने क्रममा लिभरपुलले खेलको १९ औं मिनेटमा मोहमद सलाहले टिमका लागि पहिलो गोल गरे। गत सिजन पनि उत्कृष्ट प्रदर्शन […]

स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास

Published: in खेलकुद, by . Leave a Comment on स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास.

स्पेनका लिजेन्ड तथा बार्सिलोनाका डिफेन्डर समेत रहेका जेरार्ड पीकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सेन्टर ब्याक ३१ वर्षीय पीकेले देशका लागि १०२ क्याप जितेका थिए। स्पेनको राष्ट्रिय टिममा २००९ देखि २०१८ सम्म नियमित टिमका सदस्य रहँदा स्पेनलाई एकपटक विश्वकपको उपाधि समेत दिलाउन महत्त्वपूर्ण भूमिका खेले। उनले २०१० को विश्वकप जिताउन टिमका लागि निर्णायक भूमिका […]

चर्चित १७ फुटबल खेलाडीहरुकाे नालीबेली

Published: (Updated: ) in खेलकुद, फोटो by . Leave a Comment on चर्चित १७ फुटबल खेलाडीहरुकाे नालीबेली.

युरोपेली फुटबल खेलाडीको फेरबदलको बजार (ट्रान्सफर विन्डो) आज बन्द हुँदैछ । युरोपको उत्कृष्ट पाँच लिगमा अहिलेसम्म ११६८ ट्रान्सफर भएका छन् । जसमा ३.४७ बिलियन पाउण्डको कारोबार भइसकेको छ । यो समर ट्रान्सफरमा सबैभन्दा धेरै रकममा स्थानान्तरण हुने खेलाडी फ्रान्सेली स्टार केलियन एमबाप्पे हुन् । गोलकिपरमा सबैभन्दा महँगो मूल्यमा चेल्सीले एथलेटिक बिल्बाअाेबाट केपा अर्रिजाबालागालाई अनुबन्ध गरेको […]

मलेसिया प्रिमियर लिगमा सागर पुन चम्किए

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मलेसिया प्रिमियर लिगमा सागर पुन चम्किए.

सागर पुनको टोली क्वालालम्पुर मलेसिया प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्वालालम्पुरले सिलाङगोरलाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको क्वालालम्पुरले ओपनर सागर पुनको शतकीय योगदानको सहयोगाम ४ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ४२.५ ओभरमा दोस्रो विकेटका रुपमा आउट […]

डेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, तर टिम पराजित

Published: in खेलकुद by . Leave a Comment on डेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, तर टिम पराजित.

काठमाडौँ ।  क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो । यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु चलाए । दोस्रो ओभरमा बलिङमा […]

आईसीसी वरियतामा चार नेपाली खेलाडी

Published: in खेलकुद by . Leave a Comment on आईसीसी वरियतामा चार नेपाली खेलाडी.

काठमाडौं । नेपाली चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टि–ट्वान्टी वरियतामा स्थान बनाएका छन् । आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालका कप्तान पारस खड्का, शरद भेषवाकर, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् । आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपालका वसन्त रेग्मी बलिङतर्फ ७१औं स्थानमा रहेका छन् । त्यस्तै, बलिङतर्फ नै नेपालका सोमपाल कामी ९२औं […]

भारतले नेपाल यु-१९ टोलीलाई भारतमा एकदिवसीय सिरिज खेल्न बोलायो

Published: in खेलकुद by . Leave a Comment on भारतले नेपाल यु-१९ टोलीलाई भारतमा एकदिवसीय सिरिज खेल्न बोलायो.

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू-१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ । कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू-१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू-१९ टोलीका प्रशिक्षक […]