विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ का लागि फुटबलको उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्डका लागि उत्कृष्ट १० को मनोनयन सूची सार्वजनिक गरेको छ । मंगलबार फिफाले पुरुष खेलाडी, महिला खेलाडी र पुरुष टोलीका प्रशिक्षक र महिला टोलीका प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । सेप्टेम्बर २४ मा लण्डनमा एक समारोहको आयोजना गरी दिइने […]
स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कमलाई अनुबन्ध गरेको छ । रोमाले पछ्याइरहेको माल्कमलाई बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा बार्सिलोना भित्राएको हो । २१ वर्षे विङ्गर आबद्ध गर्नका लागि रोमाले प्रकृया अघि बढाएको थियो । तर उनलाई बार्सिलोनाले पाँच वर्षका लागि सम्झौता गरेको छ । सोमबारमात्रै रोमाले माल्कमको अनुबन्ध प्रकृया पूरा हुन मेडिकल र ब्यक्तिगत […]
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडी घोषित भएका छन्। हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोलाई स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि दिएको हो। यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्। चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम […]
काठमाडौं । क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। ३४ वर्षीय गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्। गाैचनले नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै सन्यासको घोषणा गरेका हुन्। नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्। […]
काठमाण्डौं ।मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ । लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश केही बेर खेल रोकिएको थियो । मैदान प्रवेश गरेको केही समयपछि प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको […]
पेरिस । २१औं संस्करणको विश्वकप फुटबलको उपाधि लिएर स्वदेश फर्किएको फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ। सोमबार पेरिस ओर्लिएको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए। क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्व च्याम्पियन भएको फ्रान्सले यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो […]
काठमाडौं । विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, […]
क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कप्तान मोड्रिचले उक्त अवार्ड हात पारेका हुन्। उनको उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो। विश्वकप २०१८ मा उनले क्रोएसियाका लागि दुई गोल गरेका थिए भने दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। उनी […]
काठमाडौं । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल […]
काठमाडौं । रुसमा चलिरहेको फूटबल विश्वकप आजबाट सकिँदैछ । फूटबल मैदानमा फूटबलरहरूले राम्रो प्रदर्शन गरेर प्रशंसकको मन जिते भने मैदानबाहिर सुन्दरीहरू उपस्थित भएर दर्शकको मन चोरे । इंग्ल्यान्डका फूटबलर ह्यारी केनकी प्रेमिका केटी गूडल्यान्डले सुन्दरताका कारण धेरैको मन जितिन् । उनी इंग्ल्यान्डका सबै म्याच हेर्न पुगिन् । विश्वकपकी आधिकारिक दूत भिक्टोरिया लोपिरेभा पनि अनेकौं म्याचमा […]