Sajhamanch Archive

म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे

Published: in खेलकुद by . Leave a Comment on म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे.

एजेन्सी । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले खेलमा गोलको अवसर पाएपनि गोल गर्न सकेनन् । बराबरीपछि युनाइटेड र चेल्सीले समान १ अंक जोडे । २६ खेलबाट ५० अंक जोडेको युनाइटेड लिग लिडर […]

झापाका खरेलसहित नौ खेल पत्रकार पुरस्कृत

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाका खरेलसहित नौ खेल पत्रकार पुरस्कृत.

बिर्तामोड । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा आज आइतबार आयोजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल […]

ब्रदर्स युनाईटेड चन्द्रगढी अध्यक्ष कपको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on ब्रदर्स युनाईटेड चन्द्रगढी अध्यक्ष कपको फाइनलमा.

मदरगाछ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । आइतबार भएको खेलमा ब्रदर्सले रेड स्टार बिर्तामोडलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दुबै टिमबाट निर्धारित समयमा गोलरहित बराबरी भएपछी खेल टाइब्रेकरमा […]

टोकियो ओलम्पिक;आयोजक सकारात्मक

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टोकियो ओलम्पिक;आयोजक सकारात्मक.

काठमाडौं । कोभिड १९ को विश्वव्यापी महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्षपछिका लागि धकेलियो। यसबीच भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता संञ्चालन त भए, तर सबै बन्द रंगशालामै। त्यसैले ओलम्पिक र पारा ओलम्पिकदौरान पनि दर्शकले प्रत्यक्ष मैदानमा उपस्थित भएर खेल हेर्न पाउँछन् वा पाउँदैनन् सबैको चासो बन्दै आएको छ। यसैबीच टोकियो ओलम्पिकका नवनियुक्त प्रमुख सेइको हासिमोतोले […]

आङछिरिङ शेर्पाको सम्झनामा गल्फ टुर्नामेन्ट हुने

Published: in खेलकुद by . Leave a Comment on आङछिरिङ शेर्पाको सम्झनामा गल्फ टुर्नामेन्ट हुने.

काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्व. आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता हुने भएको छ । यही फागुन २१ र २२ गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एयरलाइन्सका […]

युभेन्ट्स र हेलास भेरोनाको बराबरी खेल

Published: in खेलकुद by . Leave a Comment on युभेन्ट्स र हेलास भेरोनाको बराबरी खेल.

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद पनि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा बराबरी खेलेको छ । शनिबार रातिको खेलमा साविक विजेता युभेन्ट्सले हेलास भेरोनासँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो । भेरोनाको मैदानमा भएको खेलमा रोनाल्डोले एक गोल गरे । भेरोनाका लागि एन्टोनिन बाराकले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ […]

आर्मीलाई हराउँदै जलथल एफसी फाइनल प्रवेश

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on आर्मीलाई हराउँदै जलथल एफसी फाइनल प्रवेश.

झापा । झापा गाउँपालिकाको मदरगाछस्थित जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ । आज शनिवार भएको खेलमा जलथलले श्रीनयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । समूह बि अन्तरगत सेमीफाइनलको खेलमा ब्रदर्स युनाइटेड चन्द्रगढी र रेडस्टार बिर्तामोडबीच भोलि आइतबार हुने खेलका विजयीसँग […]

ब्रदर्स युनाईटेड चन्द्रगढी अध्यक्ष कपको सेमीफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on ब्रदर्स युनाईटेड चन्द्रगढी अध्यक्ष कपको सेमीफाइनलमा.

मदरगाछ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दुबै टिमबाट निर्धारित समयमा १–१ गोल भएपछी खेल ट्राइबेकरमा […]

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

Published: in खेलकुद by . Leave a Comment on सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्। लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो। लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो। जिम्बावेविरुद्धको टेष्ट र टी २० […]

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै.

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।