Sajhamanch Archive

भिमलेका विद्यार्थीलाई सिम्रिकको झोला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on भिमलेका विद्यार्थीलाई सिम्रिकको झोला.

अर्जुनधारा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वडा नं १ मा भिमलेमा अवस्थित भिमले आधाभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सो विद्यालयमा अध्ययन गर्ने ६५ जना विद्यार्थीहरुलाई सिम्रिक साकोसले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्कूल ब्याग प्रदान गरेको हो । विद्यार्थीका लागि ब्याग प्रदान गर्नुकासाथै सिम्रिकले कक्षा कोठामा जडान गर्न […]

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन.

बिर्तामोड । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको […]

‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on ‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की.

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री आउने विश्वास दिलाएका छन् । झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जनाए । सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै भएकाले सरोकारवाला […]

साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ५-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ५-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने.

नेपालले भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भूटानविरुद्ध ५–० गोल अन्तरको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो । भारतको कल्याणी रंगशालामा भएको उक्त खेलको पहिलो हाफमा नेपालले भूटानविरुद्ध २–० गोलको अग्रता बनाएको थियो । यस्तै दोस्रो हाफमा ३ गोल थप्दै […]

फोहोर बाट निस्किएको दुर्गन्धका कारण स्थानिय हैरान

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on फोहोर बाट निस्किएको दुर्गन्धका कारण स्थानिय हैरान.

कमल । बजार बाट निस्किएको फोहोर व्यास्थापन गर्ने भन्दै बजार नजिकै फाले पछि त्याँहा बाट निस्किएको दुर्गन्धका कारण केर्खा बजारवसि हैरान भएका छन् । झापाको कमल गाउँपलिकाको केर्खाबजार बाट निस्किएको फोहोर बजार उत्तर रहेको रतुवामाई वृक्षारोपण आयोजनाको हाता भित्र फालेका कारण त्याहाँ बाट निस्किएको दुर्गन्ध र धुवाँका कारण बजारवसि लाई समस्याहुने गरेको स्थनिय मुत्तिनाथ काफ्ले […]

‘प्लाज्माफेरेसिस’ गर्दै प्रधानमन्त्री ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘प्लाज्माफेरेसिस’ गर्दै प्रधानमन्त्री ओली.

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बढी मात्रामा उत्पादन भएको ‘मिर्गौला सम्बन्धी एन्टिबडी’ को उपचारका लागि सुरु गरिएको ‘प्लाज्माफेरेसिस’ प्रक्रिया अर्को सातामात्र पूरा हुने चिकित्सकले जनाएका छन् । प्रधानमन्त्रीको शरीरमा विशेष प्रकारको एन्टिबडी बढेपछि त्यसबाट मिर्गौलालाई हुने हानी रोकथाम गर्नका लागि ७ पटकसम्म प्लाज्माफेरेसिस गर्नुपरेकाले उपचार अवधि लम्बिएको जनाइएको छ । हाल प्रधानमन्त्रीको स्वास्थ्य […]

मेची सहकारीमा दन्त शिविर तथा रक्तदान कार्यक्रम

Published: in मुख्य समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on मेची सहकारीमा दन्त शिविर तथा रक्तदान कार्यक्रम.

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आज नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको २३ औं वार्षिकोत्सब तथा २५ औं साधारण सभाको अवसर पारेर आयोजना गरिएको दन्त शिविरमा ३५० जनाले दाँतको परिक्षण गराउनुको साथै १८७ जनाले रक्तदान गरेका छन् । उक्त अवसरमा ७ जनाले मृत्यु परयन्त शरिर दान र ११जनाले […]

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती.

काठमाडौं । भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो […]

हिसान झापाद्वारा ८ विद्यार्थी पुरस्कृत, विज्ञान र मानविकीमा कोहेड उत्कृष्ट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिसान झापाद्वारा ८ विद्यार्थी पुरस्कृत, विज्ञान र मानविकीमा कोहेड उत्कृष्ट.

झापा । गत २०७५ चैत महिनामा सञ्चालित कक्षा ११ को प्रि–बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने झापाका ८ विद्यार्थीहरु आज बिर्तामोडमा पुरस्कृत भएका छन् । उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई पहिलो पटक पुरस्कार प्रदान गरेको हो । हिसानको निर्णयानुसार कक्षा १२ अध्ययनरत ती विद्यार्थीहरुले सम्बन्धित विद्यालयबाट […]

एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती.

बिर्तामोड । एनएमसी डेरीले किसानको दूध नकिनिदिएको, कर्मचारीलाई दूधको गुणस्तरको गलत तथ्याङ्क राख्न लगाएकोजस्ता अफवाह फैलाउने शरणामतिका केही मानिसको दुष्प्रचार खेती छिट्टै अनुत्पादक हुने दावी गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसीको रचनात्मक अभियानमाथि नकारात्मक सोच भएका केही मानिस, जो संस्थामा सदस्य पनि छैनन्, उनीहरुले शरणामतिमा यस्तो अफवाह […]