नेपालमा सहकारीको पहिचान र परिचय राम्ररी बिस्तार भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियामावली २०७५ जारी हुँदाको अवस्था सम्ममा सहकारीले प्रचारात्मक उचाई प्राप्त गरेको छ । धेरथोर राज्यबाट संरक्षणसमेत पाएको छ । तर नेपालमा सहकारी बिस्तारित भएको समय २०५० देखि २०७५ सम्मको अवधिमा राज्यका अरु निकायमा जस्तै सहकारीको क्षेत्रमा पनि राम्ररी नियमन हुन […]
काठमाडौं । गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् । विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता […]
कमल । वन नियन्त्रण सम्बन्धि एक्सन प्लान बनाएर स्थानियवासीसँग कार्यक्रम सन्चालन गर्ने हो भने आयोजनाको अतिक्रमित हुँदै गरेको जमिन जोगिने प्रदेश सांसद झलकसिं दलार्मीले बताएका छन् । प्रदेश नं. १ को एकमात्र सरकारी वन झापाको रतुवामाई वृक्षारोपण आयोजनाको वन अतिक्रमण नियन्त्रण सम्वन्धि अन्तक्रियामा बोल्दै संसाद दलार्मीले वन नियन्त्रण सम्बन्धि नियमित रुपमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया […]
काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् । मन्त्री अर्यालले विधेयक फिर्तापछि एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि विधेयकका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने देखिएकाले विधेयक फिर्ता लिइएको उल्लेख गरेकी छन् । गुठी विधेयकलाई लिएर अनावश्य टिप्पणी, प्रचार गरेर सर्वसाधरणमा भ्रम सिर्जना […]
काठमाडौं । कांग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मंगलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी […]
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताले सुरुमा बोल्न पाउनुपर्ने माग गरेको छ। प्रधानमन्त्रीले समसायिक राजनीतिक विषय र युरोप भ्रमणबारे सम्बोधन गर्ने कार्यतालिका रहेकामा कांग्रेसले बोल्न पाउनुपर्ने माग राखेपछि बैठक बस्न सकेको छैन। मंगलबार ११ बजे बोलाइएको बैठकमा सम्बोधन गर्नका लागि प्रधानमन्त्री नयाँ बानेश्वर पुगेका थिए। तर, कांग्रेसले आफ्ना […]
बिर्तामोड । आगामी आर्थिक वर्षका लागि बिर्तामोड नगरपालिकाले बनाउने सहकारी नीति तथा योजनाका सम्बन्धमा सहकारीकर्मीहरुसँग आज वृहत अन्तरसम्वाद गरिएको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरक्षेत्रमा सञ्चालित १३० वटा सहकारी संस्थाहरु, जिल्ला संघ एवम् विषयगत संघहरुलाई प्रतिनिधित्व गराएर नीति तथा योजना सम्बन्धी अन्तर सम्वाद गरिएको हो । कार्यक्रममा नगरपालिकाका सामाजिक तथा […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा स्वीकृति बेगरको संरचना बनाएर लाभ लिइरहेको व्यवसायी समूहका गतिविधि र त्यसका अगाडि नतमस्तक सरकारी निकायको व्यवहारले मुलुकमा विधि र व्यवस्थाको धज्जी उडाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २६ मंसीर २०७५ मा प्रधानमन्त्री कार्यालयको सहयोगमा उत्पादित तथा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा घोषणा गरे, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता झल्कने, […]
विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७६/०७७ कालागि ४२ अर्ब २० कराेड ४ लाख १२ हजार रूपैयाँकाे बजेट सार्बजनिक गरेकाे छ । अधिकांश पुराना कार्यक्रमको निरन्तरतासहित कृषि र पर्यटनलाई प्राथमिकता राखेर १ नम्बर प्रदेश सरकारले आफनो दोस्रो पूर्ण बजेट सार्बजनिक गरेकाे हाे । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश […]
बिर्तामोड । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट यहाँका सहकारीमार्फत् बिना धितो कर्जा पाएका पाँच दर्जन सहकारी सदस्यहरुलाई आज अभिमुखीकरण गरिएको छ । कोषका कार्यक्रम संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले स्वरोजगार कोषको लक्ष्य बेरोजगारलाई रोजगार बनाउने, सीप […]