अर्जुनधारा । रगतको साइनो कोही कसैसँग नहुँदा पनि मानवीयताका धनी अर्जुनधारा ६ लक्ष्मीपुरका काफ्ले परिवारले आफ्ना कामदारको मृत्युपछि दशगात्र कर्म गराएका छन् । केही वर्ष अघिदेखि चिनजान भएपनि गत साउनदेखि आफ्नो घरायसी काममा सहयोगी बनेर बसेका नन्दलाल कोइरालाको जेठ १८ गते भएको निधन पछि रमेश काफ्लेले उनको दशगात्र कर्म गराएका हुन् । मनमोहन अस्पतालमा उपचार […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्ती तीन दिनसम्म मनाउने तयारी गरेको छ । झापाको मेचीनगरमा रहेको प्रतिष्ठानले आगामी असार २७, २८, र २९ गते विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताएका हुन् । अध्यक्ष उप्रेतीका अनुसार २७ गते मेचीनगर क्षेत्रभित्रका माद्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता गोष्ठी हुनेछ […]
भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विभिन्न जातका विरूवा रोपिएकोे छ । वन डिभिजन कार्यालय झापाको आयोजनामा चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको १२ बिगाहा खाली जमिनमा विभिन्न प्रजातिका विरूवा रोपिएको हो । “स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ मनाइएको विश्ववातावरण दिवस सफल पार्न डिभिजन वन कार्यालय झापाले भद्रपुर स्थित चन्द्रगढी सामुदायिक […]
झापा । सहकारी अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यतामा सञ्चालन हुने व्यवसाय हो । यसको छहारीमुनी धेरै प्रकारका व्यवसाय गर्न पाइन्छ । झापाका सहकारी संस्थाहरु पनि वित्तीय कारोबार गर्दै कृषि उपज एवम् उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, बजारीकरणमा लागेका छन् । योसँगै सामाजिक उत्तरदायित्वप्रति पनि अत्यन्त सकारात्मक एवम् रचनात्मक ढंगबाट प्रस्तुत हुन थालेका छन् । सेरोफेरोका वाणिज्य […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिबेला समस्यामा छ । नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयू कक्षमा मनिषाको उपचार भइरहेको र डाइलोसिस जारी रहेको उनका काका नेत्रप्रसाद ग्याङमी मगरले जानकारी दिएका छन् […]
बिर्तामोड । प्रदेश १ स्तरीय इकोम मिस एसईई २०१९ को उपाधि झापाको मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारण दक्षता अथवा आर्थिक अवस्था के हो ? भन्ने प्रश्नमा आफ्नो सटिक भनाई राख्दै उनले यस वर्षको उपाधि जितेकी हुन् । सोमबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा फस्ट रनरअप बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड […]
झापा । नेकपा झापा क्षेत्र नं. ४ का इन्चार्ज राधाकृष्ण खनाल पुत्री शोकमा परेका छन् । उनकी २७ वर्षीया छोरी रञ्जुको आज सवारी दूर्घटनामा मृत्यु भएको हो । आज बिहान कार्यालय आउने क्रममा रञ्जु सवार मे ७ प १६७८ नम्बरको स्कुटीलाई मे १० प ८१४० नम्बरको मोटरसाइकलले धरमपुर चोकमा ठक्कर दिएको थियो । आज बिहान […]
काठमाडौं । विप्लव समूहको आक्रमणको डरले चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरले महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए । नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको […]
बिर्तामोड । अष्ट्रेलिया अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुसँग आज त्यहाँका ११ वटा विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले यहाँ शैक्षिक परामर्श दिएका छन् । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आयोजना गरेको उक्त सेमिनारमा विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरु लक्ष्मण बेलबासे (आइटी म्यानेजर सिड्नी), नरिन्दर गिल (एएसएमआई), किरण खनाल (यूएसक्यू सिड्नी क्याम्पस) र रोशन घिमिरे (क्यूआईबीए एण्ड ब्राइटन)ले आफ्नो शैक्षिक […]
भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावना विपरित काम गर्दै हिडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने दावी गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सील विधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानव अधिकार माथिको हस्तक्षेप संविधानको […]