Sajhamanch Archive

आगलागीमा घरभित्रै जलेर छोरीको मृत्यु, आमा गम्भीर घाइते

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आगलागीमा घरभित्रै जलेर छोरीको मृत्यु, आमा गम्भीर घाइते.

तेह्रथुम। तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६।१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए । […]

शान्ति स्थापनाकालागि नेपाली सेनाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शान्ति स्थापनाकालागि नेपाली सेनाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सोमबार अपरान्ह बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्ने बनेको समितिको प्रतिवदेन बुझ्दै उनले राष्ट्रिय सुरक्षाको सवै भन्दा बलियो किल्ला जनता नै हो भन्दै राष्ट्र एकिकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तराष्ट्रिय शान्ति […]

राहत शिक्षक र प्रहरीबीच झडप, बानेश्वर तनावग्रस्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on राहत शिक्षक र प्रहरीबीच झडप, बानेश्वर तनावग्रस्त.

काठमाडौँ । आज सोमबार नयाँ बानेश्वर क्षेत्रमा राहत शिक्षक र प्रहरीबीच झडप भएको छ । प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडी रोक्न खोजेपछि […]

आज महाशिवरात्रि पर्व,भगवान् शिवको पूजा आराधना गरिदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज महाशिवरात्रि पर्व,भगवान् शिवको पूजा आराधना गरिदै.

काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र […]

संघर्षपूर्ण जीत निकाल्दै एपीएफ क्वाटर फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on संघर्षपूर्ण जीत निकाल्दै एपीएफ क्वाटर फाइनलमा प्रवेश.

विर्तामोड  । झापाको विर्तामोडमा जारी चौथो मगमग झापा गोल्डकपको आइतबारको खेलमा विभागीय टोली शसस्त्रको एपीएफ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङ ११ एफसीलाई १—० गोलअन्तरले पराजित गर्दै एपीएफले संर्घषपूर्ण जित दर्ता गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा एपीएफले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरी कार्कीले […]

पिएचडीको छात्रबृत्ति त्यागेर बाम आन्दोलनमा होमिएका थिए भरतमोहन

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on पिएचडीको छात्रबृत्ति त्यागेर बाम आन्दोलनमा होमिएका थिए भरतमोहन.

विराटनगर  । विराटनगरलाई कर्मथलो बनाएर बामपन्थी राजनैतिक आन्दोलनमा होमिएका अग्रज बाम नेता अनि सामाजिक व्यक्तित्वका रुपमा समेत चर्चित पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको मृत्यु भएको छ । विराटनगरले अति नै रुचाएको नेतालाई नागरीक अभिनन्दनसमेत गरिएको थियो । २१ दिनदेखि उपचारमा रहेका अधिकारीको हेम्स अस्पतालमा मृत्यु भएको हो । २०५२ सालमा तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारका अर्थमन्त्री हुदाँ […]

फोन गरी बोलाएर युवकको गोलीको हानी हत्या

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on फोन गरी बोलाएर युवकको गोलीको हानी हत्या.

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका […]

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन.

काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो । एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका […]

साहारा क्लब पोखरालाई हराउँदै झापा ११ क्वाटर फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on साहारा क्लब पोखरालाई हराउँदै झापा ११ क्वाटर फाइनलमा प्रवेश.

झापा । मग मग झापा गोल्डकपको पहिलो खेल झापा ११ ले जितेको छ । झापा ११ एफसीले साहारा क्लब पोखरालाई २ –० गोल अन्तरले हराउँदै चौथो मग मग झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको ३९ औँ मिनेटमा झापा ११ का जर्सी नक्बर ९ का बिदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै झापालाई […]

प्रदेश नं. १ का सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि विषयको अध्यापन गराइने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश नं. १ का सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि विषयको अध्यापन गराइने.

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरे […]