दार्चुला । दार्चुलाको राताकाठामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने ११ जनाकै सनाखत भएको छ। दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको छ। दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै, वडा नम्बर २ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले हेलिकप्टर दूर्घटनामा बुधबार निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक बसेको हो । यसैगरी राष्ट्रिय सभाको आजको बैठकले पनि मन्त्री रविन्द्र अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित […]
काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । लामो समयदेखि थलिएका उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनी अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ । श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर राजकीय सम्मान अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुई दिन अघि ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दूर्घटनामा सबैजनाको […]
झापा । झापा जिल्ला सहकारी संघले आजदेखि साताव्यापी तालिम कार्यक्रमको अभियान सुरु गरेको छ । संघको २२औं वार्षिक साधारणसभाको निर्णयानुसार आज फागुन १६ गतेदेखि २२ गतेसम्मलाई यो वर्ष तालिम सप्ताहका रुपमा कार्यक्रम गर्ने तय भएको हो । बिर्तामोडमा आयोजित सञ्चालक क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी आजको सेसनलाई अग्रज सहकारीकर्मी रामचन्द्र उप्रेतीले सहजीकरण गरेका छन् […]
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणका लागि मुख्य प्रायोजक मगमग तयारी चाउचाउसँग बुधबार सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । पत्रकार सम्मेलनका बीच मगमग तयारी चाउचाउ उत्पादकका तर्फबाट बुद्धि घिमिरेसहित झापा गोल्डकप आयोजकहरुले हस्ताक्षर गरेका हुन् । बताइएअनुसार मगमगले गोल्डकप सञ्चालनका लागि ८ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने झापा ११ फुटबल क्लवको प्रवद्र्धनका लागि वार्षिक ६ लाख […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना र त्यसमा सवार पर्यटनमन्त्री, पर्यटन उद्यमी, सरकारी अधिकारीहरुको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको हो । विकासप्रेमी जनप्रतिनिधि, देश विकासमा समर्पित पर्यटन उद्यमी […]
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् । घटनास्थलमा रहेका स्थानीयबासीका […]
ताप्लेजुङ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । यहाँ आज दिउँसो एयर डाइनेष्टीको हेलिकोप्टर दूर्घटनामा परेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ। उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए। घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो […]