Sajhamanch Archive

झापा गोल्डकपको लागि ८० लाखको प्रतिबद्धता

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on झापा गोल्डकपको लागि ८० लाखको प्रतिबद्धता.

बिर्तामोड । मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणका लागि करिब ८० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ । यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहने झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् । अघिल्ला गोल्डकपमा भन्दा चौथो संस्करणका लागि उनीहरु सहयोग गर्न बढी नै […]

झापा गोल्डकपः सरोकारवालासँग वृहत् छलफल

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापा गोल्डकपः सरोकारवालासँग वृहत् छलफल.

बिर्तामोड । यही फागुन १८ गतेदेखि बिर्तामोडमा आयोजना गरिएको चौथो संस्करणको झापा गोल्डकप सम्पन्न गर्ने सम्बन्धमा आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग आज छलफल गरेको छ । गोल्डकपको दिगोपना, सबैको सहभागितामा, अक्षयकोष लगायतका विषयमा वृहत छलफल गरिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । आयोजकको तर्फबाट छलफलको सहजीकरण गर्दै गिरीले […]

चारआली – केचना सडकको गुणस्तरमाथि प्रश्न, नियामनकारी निकाय मौन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चारआली – केचना सडकको गुणस्तरमाथि प्रश्न, नियामनकारी निकाय मौन.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठे पनि नियामनकारी निकाय मौन रहेको पाइएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो । सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहिन […]

राजनीतिक अधिकारका लागि बलिदानी गर्नु पर्ने समय सकियोः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजनीतिक अधिकारका लागि बलिदानी गर्नु पर्ने समय सकियोः प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नु पर्ने समय सकिएको बताएका छन् । शहीद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताए । “राजनीतिक अधिकार […]

७ बुँदे सहमति गर्दै राप्रपामा फर्कियो बोहोरा समूह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ७ बुँदे सहमति गर्दै राप्रपामा फर्कियो बोहोरा समूह.

काठमाडौँ । राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आइतबार राप्रपा अध्यक्ष कमल थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए । उनैको नेतृत्वमा असन्तुष्ट नेताहरु राप्रपा फर्किएका हुन् […]

चिकित्सक संघद्वारा ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए सामुहिक राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिकित्सक संघद्वारा ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए सामुहिक राजीनामा.

काठमाडौं । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत चिकित्सकले सरकारलाई माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका छन् । कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको अन्तिम समय भन्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो । आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको […]

विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता.

झापा । अष्ट्रेलियास्थित विश्वविद्यालयहरुमा अध्ययनका लागि विद्यार्थी पठाउने अग्रणी शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको जनाएको छ । सो प्रतिष्ठानले हिजो प्रेस विज्ञप्ती जारी गरेर खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन […]

नेपाल शैक्षिक परामर्श संघ ECAN को प्रेस विज्ञप्ती

Published: in मुख्य समाचार, विज्ञापन, by . Leave a Comment on नेपाल शैक्षिक परामर्श संघ ECAN को प्रेस विज्ञप्ती.

अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरु सो कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटी अथोरिटी (अस्क्वा)को निर्णयबाट समस्यामा परेको भन्ने विषयप्रति नेपाल शैक्षिक परामर्श संघ ECAN को गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल शैक्षिक परामर्श संघ ECAN नेपालस्थित शैक्षिक परामर्शदातृ संस्थाहरुको सबैभन्दा ठूलोे व्यवसायिक छाता संगठन भएकाले उल्लेखित र यस्ता प्रकृतिका […]

झापामा तीन दिने साकोस अभियान सुरु, पोखरेल सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on झापामा तीन दिने साकोस अभियान सुरु, पोखरेल सम्मानित.

बिर्तामोड । झापामा आजदेखि तीन दिने साकोस अभियानको शुभारम्भ गरिएको छ । बिर्तामोड २ चारपानेमा आयोजित कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले दिप प्रज्वलन गरी यसको शुभारम्भ गरेका हुन् । झापामा पहिलो पटक नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने शिलशिलामा शुक्रबार, शनिबार र आइतबार सहकारी सञ्चालनका विभिन्न […]

सहकारी अभियानमा खुशीको खबरः ऐनअनुसार बल्ल घट्यो आयकर

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी अभियानमा खुशीको खबरः ऐनअनुसार बल्ल घट्यो आयकर.

काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएपछि सहकारीलाई लाग्दै आएको आयकर घटेको छ । पारित विधेयकले आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ–संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था गरेको हो । ऐनको अनुसूची १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी संघ–संस्थालाई साविकमा […]