मेचीनगर । प्रेस क्लव मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । प्रेस क्लवको काँकडभिट्टामा आज सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा सर्वसहमत १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शिशिर चम्लागाईं,सचिवमा जि.आर धिताल, सह सचिवमा भूमिका लिम्बू र कोषाध्यक्षमा रिता दाहाल चुनिएका हुन् । त्यस्तै सदस्यहरुमा उमेश खतिवडा,माया लामिछाने,हरिकृष्ण भण्डारी,प्रकाश पौडेल,विकास देवकोटा,युवराज आचार्य,दिलिप थापा,खगेन्द्र […]
इलाम । नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ । मंगलबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले […]
बुद्धशान्ति । पछिल्लो केहिदिन यता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका वडा नं.४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ । पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँ चुँ आवाजसंगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् । इलामका पर्यटकीय क्षेत्र […]
बिर्तामोड । अन्नपूर्ण न्यूरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार शाहलाई झापामा सम्मान गरिएको छ । झापाका २० वटा सामाजिक संघ–संस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियानले शाहलाई मंगलबार बिर्तामोडमा सम्मान गरेको हो । कोरोना भाइरस परीक्षण गर्ने पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न प्राविधिक रुपमा पुर्याएको योगदानको प्रशंसा गर्दै अभियानद्वारा सम्मान गरिएको हो । […]
मेचीनगर । सङगठित रुपमा माक्र्सवाद अध्ययन गर्ने हेतुले स्थापना भएको “Institute of critical dialogue” ( ICD) ले झापा क्षेत्र १ प्रदेश (क) र (ख ) को समिति गठन गरेको छ । गत भदौ ३१ गते बसेको ICD को झापा जिल्ला कमिटीको पूर्ण बैठकबाट झापा क्षेत्र १ प्रदेश (क) को अध्यक्षमा विक्रम दुलाल र प्रदेश (ख […]
झापा । लगभग ६ महिनापछि आज चन्द्रगढी एयरपोर्टबाट यति र बुद्ध एयरका दुई जहाजले यात्री बोकेर काठमाडौं उडान भरेका छन् । सोमवार १२ बजेतिर बुद्ध एयरको र १२ : ४५ बजेतिर यति एयरको जहाजले चन्द्रगढी एयरपोर्टबाट लामो समय पछि उडान भरेका एयरपोर्ट प्रमुख मुरारी पौडेल जानकारी दिए । एयरपोर्टमा यात्रुको स्वास्थ्य सुरक्षा र जाँचका लागि […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा कार्यरत एकजना डाक्टर र ११ जना स्वास्थ्यकर्मी गरी सबै १२ जनाले कोरोना जितेका छन् । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेर कोरोनामुक्त गरी आज डिस्चार्ज गरेको हो । अस्पताल प्रशासनले आज बिहान पत्रकार सम्मेलनमार्फत् कोरोनामुक्त भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराई र युएईका राजदुत सईद हमदान अल नाक्बी बीच आज भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् । मन्त्री भट्टराईले […]
जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक […]
मेचीनगर । नेपाल तरुण दल र नेविसंघ मेचीनगरको संयुक्त आयोजनामा छैठौ संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ धाइजन चोकमा दिप प्रज्लवन कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल मेचीनगरका सदस्य सन्तोष मेचेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा क्षेत्र नं.१ प्रदेश (ख)का सचिव विष्णु रिमाल रहेका थिए । उक्त कार्यक्रममा […]