बिर्तामोड । कोरोना भाइरसको संक्रमण उच्च भएपछि बिर्तामोड नगरपालिकाले आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सम्भावित जोखिमलाई आँकलन गर्दै नगरपालिकाले निषेधाज्ञा अर्थात् कर्फ्यू लगाउनेसम्म तयारी गरेको हो । झापाको बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमित व्यवसायिक कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । कोरोना भाइरस […]
झापा । झापामा कोभिड १९ को संक्रमण बढ्न थालेपछि प्रशासनले थप कडाई गर्ने भएको छ । मानिसले स्वास्थ सुरक्षा सम्बन्धी मापदण्ड पालना नगर्ने, न्यूनतम सामाजिक दूरी कायम नगर्ने, अनावश्यक भिडभाड गर्ने, मास्क नलाई हिड्नेलाई १०० रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । कार्यालयमा आज बसेको बैठकले मास्क नलगाई घर बाहिर निस्कने, अनावश्यक […]
काठमाडौं । यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो’को भिडियो सार्वजनिक भएको हो । लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश केसी, सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य […]
बुद्धशान्ति । कोरोना कहरले नागरिकको दैनिकि असहज भएको बेला झापाको बुद्धशान्ति गाउँपालिकामा घरभाडा मिनाहा र छुट दिएका ३३ जना घरधनीलाई सम्मान गरिएको छ । झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेले एक कार्यक्रमको आयोजना गर्दै लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई कदर पत्रले सम्मान गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन […]
बिर्तामोड । सामाजिक सञ्जालमार्फत एकजुट भएका युवाहरूको ग्रुपले वृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेका छन् । विश्व आमाबुबा दिवसको उपलक्ष्य पारेर रमाइलो ग्रुप परिवारले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको ग्रुपका एडमिन कृष्ण घिमिरेले बताएका छन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नकै लागि ग्रुपको सुरुवात […]
भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालमा स्थापना गरिन लागेको कोभिड १९ (कोरोना भाइरस) संक्रमण परीक्षणका लागि निर्माण गरिएको कक्षको झापाका प्रदेश सांसदहरूले आज अनुगमन गरेका छन् । उनीहरूले पिसिआर ल्याव सञ्चालनको अवस्था बारेमा शनिबार अनुगमन गरेका हुन् । प्रदेश सांसदहरुले शुक्रबार प्रदेश सरकारबाट बुझेर पिसिआर विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्ने मेसिन झापा ल्याएका थिए । […]
शिवसताक्षी । माइधार–आँपटारी सडक कालोपत्रे भएको छ । ट्रङ्क रोडको मान्यता पाएपछि शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा सडक कालोपत्रे भएको हो । स्थानीय उपभोक्ताको साझेदारीमा कालोपत्रे भएको सडकको शुक्रबार नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् । ४१ लाख ८९ हजार रुपैयाँको लागतमा ३६७ मिटर सडक कालोपत्रे गरिएको निर्माण उपभोक्ता समितिका संयोजक एवम् स्थानीय सामाजिक अगुवा […]
चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ । तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई । चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती […]
बिर्तामोड । सहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले ऋणि सदस्य तथा तिनका अभिभावकको देहावसानका कारण पीडा भोगिरहेका पाँच जना सदस्यको सात लाख १९ हजार रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रमका पाँचवटा महिला समूहमा आवद्ध सदस्य वा तिनका अभिभावकको मृत्युका कारण कर्जा बुझाउन नसकिरहेको विश्लेषण गर्दै कर्जा मिनाहा […]
कोरोनाभाइरसका कारण यतिबेला मानिसहरु धेरैभन्दा धेरै आफ्नो घरमा बिताइरहेका छन् र यस्तो अवस्थामा इन्टरनेट मानिसहरुका लागि वरदान साबित भएको छ । यद्यपि, सोसल मिडियामा केही गलत बानीका कारण सम्बन्धमा दरार पनि उत्पन्न हुनसक्छ । यदि तपाईंलाई पनि तपाईंको पार्टनरमा सोसल मिडियासम्बन्धि यस्तै पाँच बानी छन् भन्ने लाग्छ भने सतर्क रहनुहोस् । सोसल मिडियामा अत्यधिक समय […]