बिर्तामोड । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि झापाको बिर्तामोडमा सरकार तथा निजी विद्यालय सञ्चालकको बेवास्ता बिरूद्ध प्रदर्शन गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलबसमेत पाउन नसकेको, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेकोप्रति आक्रोस पोख्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको […]
आजको काँकरभिट्टा शहर बसेको स्थानमा वि.सं. २०२२ सालसम्म घना जङ्गल थियो । छिमेकी देशको हेपाहा र विस्तारवादी प्रवृत्ति बढिरहेको थियो त्यो बेला । त्यसैका कारण नेपालको अन्तर्राष्ट्रिय सीमामा पहाडेमूलका मानिसहरुको बस्ती बसाल्न तत्कालीन राजा श्री ५ महेन्द्रले उपयुक्त देखेका थिए । त्यतिबेला बर्मा भन्ने देश (हालको म्यानमार)–मा आन्तरिक कलह थियो । त्यहाँबाट लखेटिएर नेपालीभाषीहरु भारतको […]
गाउँभरि उपद्रो गरेर सबैलाई दिक्क लगाएका दुई जुम्ल्याहा दाजुभाइलाई केहीगरी तह लगाउन नसकेपछि अन्तिम उपायका रुपमा उनीहरुलाई धर्मसभामा लगियो । त्यहाँका धर्मगुरुहरुले केहीगरी यिनीहलाई सुधारिहाल्छन् कि भन्ने आशा उनीहरुका अभिभावकलाई थियो । धर्मगुरुले केटाहरुको अभिभावकका कुरा सुनिसकेपछि पालैसँग दुवैलाई भित्र लगेर सम्झाउने निधो गरे । पहिला दाजुलाई भित्र लगियो । एकजना धर्मगुरुले केटोलाई आफूभित्र ईश्वरको […]
असार महिनामा शुक्ल पक्ष एकादशीलाई विभिन्न नामले पुकारिन्छ । जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्यनाभा एकादशी ।असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ । यस क्रममा जति पनि पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तप गरिन्छ, त्यसका विशाल स्वरुप […]
बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराई क्लवको सन् २०२०/०२१ का लागि पे्रसिडेन्टमा चयन भएका हुन् । क्लवको प्रेसिडेन्ट इलेक्टमा नवीन गट्टानी, प्रेसिडेन्ट नोमिनीमा ओमकृष्ण बिमली, भाइस प्रेसिडेन्टमा बबित गिरी, सेक्रेटरीमा संजीव घिमिरे र ट्रेजररमा आमोद आचार्य चयन भएका छन् […]
गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आफ्नो ४०औं सेवा केन्द्र आजदेखि गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजारमा सञ्चालनमा ल्याएको छ । आज असार १५ गते बिहान संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले दिप प्रज्वलन गरेर तथा गुरु पुरोहितले मन्त्रोच्चारण गरी वैदिक विधिअनुसार सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका स्थानीय बासिन्दा सदस्यहरु र वडाध्यक्ष कार्तिकलाल राजवंशीको विशेष […]
काठमाडौं । नेपाल फिल्म सोसाइटीद्वारा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाललाई विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको छ । गत जेष्ठ २२ गतेको मन्त्रिपरिषद बैठकले चलचित्रकर्मी दाहाललाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष दाहालको कार्यकाल सफलताको कामना गर्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष, चलचित्र विकास बोर्डका पूर्वअधक्ष्य तथा अभिनेता कृष्ण […]
बिर्तामोड । चरम यातना दिएर परिवारद्वारा हत्या गरिएकी हेटौंडाकी सुस्मिता थापाको आत्माको चीरशान्तिको कामना तथा हत्याको छानविन र हत्यामा संलग्नलाई अधिकतम कारवाहीको माग गर्दै मेची महाकाली बुहारी संयुक्त आवाज झापाले दीप प्रज्वलन तथा शान्तिपूर्ण प्रदर्शन गरेको छ । बिर्तामोडको मुक्तिचोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय महिलाहरुले अधिकार पाएको […]
बिर्तामोड । झापाको मेचीनगर १० मा रहेको शुभारम्भ अभियानले दुईजना एम्बुलेन्स चालकलाई सम्मान गरेको छ । धुलाबारीमा शनिबार आयोजित एक कार्यक्रममा एम्बुलेन्स चालकहरु जंगबहादुर खड्का र कुमार खड्कालाई सम्मान गरिएको हो । कोरोना संकटका बेला एम्बुलेन्स सेवा मार्फत समाजलाई योगदान पुर्याएकोमा उनीहरुलाई सम्मान गरिएको शुभारम्भ अभियानका अध्यक्ष केपी सिवाकोटीले जानकारी दिएका छन् । कार्यक्रममा मेचीनगर […]
हल्दिबारी । गत असार १० गते बजेट, नीति तथा कार्यक्रममा भएको विवादले राजनीतिक रंग लिन थालेको छ। गाउँसभा संचालन भइरहेको समयमा अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले सभा बहिस्कार गरेर निस्किएका थिए । पछि स्थानीय तह सञ्चालन ऐन अनुसार उपाध्यक्ष डम्बरबहादुर गिरीको अध्यक्षतामा बैठकलाई निरन्तरता दिएर गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम पारित गरिाएको थियो । आज गाउँपालिकामा आयोजित […]