Sajhamanch Archive

आलमलाई जोगाउने को–को ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on आलमलाई जोगाउने को–को ?.

काठमाडौं । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै […]

सन्थाल कपःमदरगाछी र आँपगाछी फुटबल क्लब फाइनलमा प्रतिष्पर्धा गर्ने

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on सन्थाल कपःमदरगाछी र आँपगाछी फुटबल क्लब फाइनलमा प्रतिष्पर्धा गर्ने.

भद्रपुर । भद्रपुर ३ स्थित सन्थाल बस्ती सूर्यनगरमा जारी सन्थाल कप जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनलमा मदरगाछी फुटवल क्लब झापा र आँपगाछी फुटबल क्लब भद्रपुर ३ पुग्न सफल भएका छन् । शुक्रवार भएको सेमी फाइनल खेलमा मदरगाछ फुटवल टिमले डाँडीवारीलाई ३ गोल गरी हराउन सफल भएको थियो भने आँपगाछी टिमले आयोजक सूर्यनगरलाई ट्राइवेकरमा हराएको थियो […]

गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक.

छाडा छाडिएका गाइवस्तुले सडक तथा आसपासमा फ्याँकिएका प्लास्टिक तथा अन्य चिजहरु खाएको देख्नुभएकै होला । केही खानेकुरा पोको पारिएको वा खाने कुरा लत्पतिएको प्लास्टिक गाईवस्तुले खाइदिन्छन् । यसरी प्लास्टिक खाँदा कहिलेकाहीँ निकै डरलाग्दो परिस्थितिको सिर्जना हुँदो रहेछ । हालै भारतको तमिलनाडुमा यस्तै घटना भएको छ । चेन्नईमा एक गाईको पेटबाट शल्यक्रिया गरी ५२ किलो प्लास्टिक […]

ब्राजिलमा विमान सडकमा खस्यो, तीनजनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ब्राजिलमा विमान सडकमा खस्यो, तीनजनाको मृत्यु.

रियो डे जेनेरो  । ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनओटा […]

राष्ट्रपतिको म्यानमार भ्रमणः म्यानमारले दियो उच्च प्राथमिकता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राष्ट्रपतिको म्यानमार भ्रमणः म्यानमारले दियो उच्च प्राथमिकता.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ । यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, […]

दाइजोमा भालु र सर्प, अंशमा पनि भालु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दाइजोमा भालु र सर्प, अंशमा पनि भालु.

काठमाडौं । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् । सिरहा सुखीपुर –८ का […]

नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक.

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बोलाउने भएको […]

विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो.

काठमाडौं विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस […]

आफ्नै घरमा लडेर एक जनाको मृत्यु

Published: in विविधा by . Leave a Comment on आफ्नै घरमा लडेर एक जनाको मृत्यु.

सुनसरी । सुनसरीको इटहरीमा आफ्नै घरमा लडेर एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेका छन् । केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको […]

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो.

काठमाडौं । चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् । प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको […]