Sajhamanch Archive

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !.

काठमाडौं । भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो । ‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन […]

चिनियाँ राष्ट्रपति सीको स्वागतमा तीव्र तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चिनियाँ राष्ट्रपति सीको स्वागतमा तीव्र तयारी.

काठमाडौँ । यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ । सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ । नेपालीको महान् पर्व बडादशैँको अवधि भए पनि यस पर्वको अघि […]

मास्क लगाए जरिवानासहित जेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मास्क लगाए जरिवानासहित जेल.

काठमाडौं। हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो । नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका […]

नौबिसे–नागढुंगा सडकखण्ड : अधिक भारले टिक्दैन देब्रे लेन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नौबिसे–नागढुंगा सडकखण्ड : अधिक भारले टिक्दैन देब्रे लेन.

काठमाडौं।दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ। खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ। सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर […]

चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी.

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ। यही ‘असोज २७ गते नेपाल आउने’ राष्ट्रपति सीलाई स्वागत गर्न सिंगै सरकार, काठमाडौं महानगरपालिका, निजी क्षेत्र, बैंकलगायत एक दर्जनभन्दा बढी निकाय लागिपरेका छन्। राष्ट्रपति सी हिँड्ने सडकमा सरकारी कार्यालय र ठूला […]

प्रतिनिधि सभाका सभामुख महराले दिए पदबाट राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रतिनिधि सभाका सभामुख महराले दिए पदबाट राजीनामा.

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो। महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका ती कुराको […]

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी.

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ। ‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लागि जेड तहको सुरक्षा व्यवस्था […]

रहेनन् शोलेका ‘कालिया’

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on रहेनन् शोलेका ‘कालिया’.

बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए । वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन् । चलचित्रमा गब्बर सिंह (अमजद खान) सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ को अहिलेसम्म पनि चर्चा हुने गर्छ […]

झापामा विप्लव समूहले भण्डारण गरेको ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on झापामा विप्लव समूहले भण्डारण गरेको ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद.

झापा । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले झापामा भण्डारण गरेको ठूलो परिमाणका विष्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ । प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका–१ बाट ठूलो परिमाणमा बिष्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बम बिष्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको प्रहरीको भनाई छ । यो बिष्फोटक पदार्थ […]

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती.

काठमाडौं ।  नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले […]