Sajhamanch Archive

मिर्गौलाको क्षमता बढाउन प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, सबै उपचार नीजि खर्चमै हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on मिर्गौलाको क्षमता बढाउन प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, सबै उपचार नीजि खर्चमै हुने.

काठमाडौं । मिर्गौलाको क्षमता बढाउने उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिंगापुर प्रस्थान गरेका छन् । ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता […]

नेपाल–भारत संयुक्त बैठकमा पुरानै एजेन्डा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाल–भारत संयुक्त बैठकमा पुरानै एजेन्डा.

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ । बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । दुई दिने […]

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन.

भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको सोमबार निधन भएको छ । पछिल्लो केही दिनदेखि मिश्रा दिल्लीको एक अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए । १९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए । उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका […]

नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, जयशङ्कर नेपाल आउँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, जयशङ्कर नेपाल आउँदै.

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् । भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी […]

कर्णालीका मुख्यमन्त्री लगातार विप्लवको ‘टार्गेट’मा

Published: (Updated: ) in विविधा by . Leave a Comment on कर्णालीका मुख्यमन्त्री लगातार विप्लवको ‘टार्गेट’मा.

कालिकोट । विप्लव नेतृत्वको नेकपाका कार्यकताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम विस्फोट गराएका छन्। गृह जिल्ला कालिकोटको निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार पचाल झरनाको फेदमा र बिहिबार रास्कोटमा बम बिस्फोट गराएका हुन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डीएसपी विनोद शर्माले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम […]

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध.

काठमाडौं । चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ । तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय […]

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुग्यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुग्यो.

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा […]

भारतका विभिन्न स्थानमा बाढी आउँदा ज्यान गुमाउनेको संख्या १४२ पुग्यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतका विभिन्न स्थानमा बाढी आउँदा ज्यान गुमाउनेको संख्या १४२ पुग्यो.

लगातारको वर्षाका कारण भारतका विभिन्न स्थानमा बाढी आउँदा जनजीवन प्रभावित भएको छ। बाढीका कारण चार राज्य प्रभावित भएका छन्, त्यहाँ ज्यान गुमाउनेको संख्या १४२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित गुजरातमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । बाढीका कारण सबैभन्दा प्रभावित राज्य हो केरल, त्यहाँ ज्यान गुमाउनेको संख्या ५७ पुगेको जनाइएको छ […]

जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित.

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने अनुमानले चिन्ता थपिएको उनीहरु बताउँछन् । ‘अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन, तर केही हुने हो कि […]

रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु, तीन घाइते.

काठमाडौं । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ । रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ । बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । […]