Sajhamanch Archive

नीता र मिरुनाको ‘साइनो’ रिलिज’

Published: (Updated: ) in विविधा by . Leave a Comment on नीता र मिरुनाको ‘साइनो’ रिलिज’.

हिजो बाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज भएको छ । नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा तयार भएको यो चलचित्रको हिजो बिहान काठमाण्डौको कुमारी हलमा प्रेस शो समेत आयोजना गरिएको छ । प्रेस शोमा चलचित्रका कलाकार र पत्रकारले चलचित्र हेरे । चलचित्र हेर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल […]

सडक निर्माणको विरोध गरे तीन महिना कैद

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on सडक निर्माणको विरोध गरे तीन महिना कैद.

जनकपुरधाम । प्रदेश २ सरकारले सडक निर्माण, विस्तार वा सुधार गर्ने क्रममा विरोध गर्नेलाई तीन महिनासम्म कैद सजायँ गर्ने भएको छ । प्रदेश सभाबाट पारित प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लेखिएअनुसार सडक निर्माण गर्ने क्रममा अरु जग्गा पनि सरकारले प्रयोग गर्न सक्ने छ । यस क्रममा हुलहुज्जत, बाधा […]

कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी.

काठमाडौं । राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र […]

भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन.

नयाँ दिल्ली । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले स्वास्थ्य अवस्था […]

कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कश्मीर मुद्दाले दार्जिलिङमा हलचल.

काठमाडौं । भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ । भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गार्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनैतिक दलका नेताहरु सक्रिय बनेका छन् । सोमबार बोडोल्यान्ड पिपुल्स फ्रन्टका सांसद विश्वजित दैमारीलगायतले राज्यसभामा गोर्खाल्यान्ड लगायत बोडोल्यान्ड राज्य […]

बिरामी बोकेका दुईवटा एम्बुलेन्स छुट्टा छुट्टै स्थानमा दुर्घटना

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on बिरामी बोकेका दुईवटा एम्बुलेन्स छुट्टा छुट्टै स्थानमा दुर्घटना.

विराटनगर । बिरामी बोकेका दुईवटा एम्बुलेन्स छुट्टा छुट्टै स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा अस्पतालबाट उपचार गरी घर फर्कदै गरेका र सुत्केरी व्यथाले च्यापेका अस्पताल आउँदै गरेका महिला सहित ११ घाइते भएका हुन् । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नंं.१ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर […]

के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?.

काठमाडौं । भारतमा हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु […]

भारतीय बालयौन दुराचारी कारबाहीमा, ११ वर्ष कैद सजाय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on भारतीय बालयौन दुराचारी कारबाहीमा, ११ वर्ष कैद सजाय.

काठमाडौं । ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीस चुरामन खड्काको एकल इजलासले बिहार सितामणी स्थायी घर भई हाल पीडितको घर छेउ डेरा गरी बस्ने किशोर दासविरुद्ध उक्त कसुरमा यस्तो सजाय सुनाएको हो । इजलासबाट उक्त कसुरमा कैद सजाय निर्धारणका साथै पीडितलाई २५ […]

ज्वाईबाटै सासु बलात्कृत !

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ज्वाईबाटै सासु बलात्कृत !.

सल्यान । नेपाली समाजमा सासुलाई आमा सरह मान्ने परम्परा छ । तर पर्वतमा एक ज्वाई दिदी सासुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । ५२ वर्षीया दिदी सासुलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका–५ रीम निवासी बोल्न नसक्ने दिदी सासुलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको […]

यस्तो हुन्छ बिहीबार जन्मेका मान्छेहरूको स्वभाव

Published: in विविधा, समाज by . Leave a Comment on यस्तो हुन्छ बिहीबार जन्मेका मान्छेहरूको स्वभाव.

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन् । बिहीबार जन्मेका व्यक्तिहरुको स्वभाव निकै शान्त हुन्छ भने यिनीहरु एकदम समझदार हुने गर्दछन् । यस्ता […]