Sajhamanch Archive

अमेरिकाको भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकाको भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित.

अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो । आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ । आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो । १ लाख मानिस […]

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in विविधा by . Leave a Comment on मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो.

सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा सडक खण्डमा भएको दुर्घटनामा इनरुवा नगरपालिका वडा नं. ६ मधेशाका भोगेन्द्र घिमिरेको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित इनरुवा नगरपालिका वडा नं३ मा घिमिरे सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ३३०९ नम्बरको ट्रकले बा५७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४२ […]

वर्षाको कारण भारतमा पन्ध्रको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on वर्षाको कारण भारतमा पन्ध्रको मृत्यु.

भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन्। वर्षाका कारण १३३ ओटा घर भत्किएका छन्। यी घटना यही जुलाई ९ देखि १२ […]

टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु.

पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ । तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा […]

३ महिनामा बिके ६ करोड ३० लाख थान कम्प्युटर

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ३ महिनामा बिके ६ करोड ३० लाख थान कम्प्युटर.

काठमाडौं । विश्व कम्प्युटर बजारमा पछिल्लो छाएको मन्दी केही हट्ने संकेत देखिएको छ । झण्डै आधा वर्षसम्म गिरावट झेलिरहेको पर्सनल कम्प्युटर बजारमा पछिल्लो त्रैमासिकमा चाहीँ १ दशमलव ५ प्रतिशतको बढोत्तरी देखिएको छ । सन् २०१९ को दोश्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जूनसम्मको अवधिमा विश्व बजारमा ६ करोड ३० थान पर्सनल कम्प्युटर बिक्री भएका छन् । यो […]

इन्टरनेटमा फिगरका कारण भाइरल भएकी १४ वर्षीय बालिका…

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इन्टरनेटमा फिगरका कारण भाइरल भएकी १४ वर्षीय बालिका….

अहिले पछिल्लो समय सामाजिक सञ्जालमा १४ वर्षीय इन्डोनेसिया एक बालिका भाइरल भएकी छिन् । कहिले काहीँ मानिसको हेर्ने दृष्टि र सोच्ने मस्तिष्कले धोका दिन्छ । अझ भन्ने हो भने त ती भाइरल ‘अलेक्जेन्डरो’ को तस्बिर देख्दा त धेरैजसो लाई दिमागले धोका दिन्छ । १४ वर्षको सानै उमेरमा पनि उनको फिगर हेर्दा लग्छ उनी अर्ध बैँसे […]

हरेक रात सँगै भाँडा माझी सुत्छन् विश्कै धनी बिल गेट्स दम्पती

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on हरेक रात सँगै भाँडा माझी सुत्छन् विश्कै धनी बिल गेट्स दम्पती.

विश्वकै धनी व्यक्तिको नामले चिनिने माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्स हुन् । पछि एक अध्ययन प्रतिवेदनले बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबै भन्दा धनी जोडी बनेको देखाएको थियो । सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक रहेका बिल गेट्सले सन् १९९४ मा त्यहीँकी एक कर्मचारी मेलिण्डा सँग विवाह […]

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु.

काठमाडौं । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा […]

गाडी खोलामा पुग्ने वित्तिकै एक्‍कासी भेल आउँदा…

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on गाडी खोलामा पुग्ने वित्तिकै एक्‍कासी भेल आउँदा….

ताप्लेजुङ । शनिबार बिहान यात्रु लिएर फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक हिँडेका चालक नविन खवास तावा खोलामा रोकिए। झमझम पानी परिहेको थियो। खोलामा पानी सामान्य नै थियो। सदाझैं सम्झेर गाडी अघि बढाए। खोलाको बीचमा पुगेपछि स्टार्ट बन्द भयो।स्टार्ट गर्न के खोज्दै थिए, माथिबाट एक्‍कासी भेल आएर गाडी हल्लाउन थाल्यो । ‘यात्रुलाई झ्यालबाट छतमा चढ्न भने, […]

यमनकोमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on यमनकोमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला.

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा […]