Sajhamanch Archive

बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बस दुर्घटना हुँदा २९ जनाको मृत्यु.

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस–वेमा नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । अनियन्त्रित भएर नालीमा बस खस्दा आधा भाग डुबेको प्रहरीले जनाएको छ । बसबाट सबै शव बाहिर […]

क्यामेरामा हट प्रियंका

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on क्यामेरामा हट प्रियंका.

बलिउडबाट हलिउडमा पाइला चालेकी नायिका प्रियंका चोपडा अहिले आफ्ना श्रीमान्सँग रमाइरहेकी छिन् । उनी, अहिले पती निक जोनससँग होलिडेमा रमाइरहेकी छिन् । हालै मात्र नायिका चोपडाले सामाजिक संजालमा राखेका केही तस्वीर चर्चामा छन् । नायिका चोपडाले स्विमिङ पूलमा रमाउँदै गरेका तस्वीर राखेर हंगामा मच्चाएकी छिन् । प्रियंकाका अनुसार, यी सबै तस्वीर उनका श्रीमान् निकले नै […]

अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प.

अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको […]

भारतले नेपाललाई दिने अनुदान ५० प्रतिशत बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतले नेपाललाई दिने अनुदान ५० प्रतिशत बढ्यो.

काठमाडौं। भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रवार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । चुनावअघि ल्याइएको बजेटमा नेपाललाई ७ अर्ब भारतीय रूपैयाँ अनुदान दिने प्रस्ताव गरिएकोमा निर्वाचनपछिको सरकारले ५० प्रतिशत […]

नेपालमा ११ मुलुकका शरणार्थी, हैसियत माग गर्दै आठ वर्षदेखि पटक–पटक धर्नामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपालमा ११ मुलुकका शरणार्थी, हैसियत माग गर्दै आठ वर्षदेखि पटक–पटक धर्नामा.

काठमाडौं। भुटानी र तिब्बती शरणार्थी समस्या किनारा लाग्न नपाउँदै नेपालमा अन्य मुलुकका शरणार्थीको संख्या बढिरहेको छ । भुटान र तिब्बतीबाहेक विभिन्न नौ मुलुकका शरणार्थी नेपालमा आश्रय लिइरहेका छन् । म्यानमार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, इराक, इरानसहित अफ्रिकी मुलुक सोमालिया र कंगोका नागरिकसमेत शरणार्थीका रुपमा नेपाल भित्रिएका छन् । सरकारले भुटान र तिब्बतीबाहेक अन्य मुलुकका नागरिकलाई […]

अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि नयाँ सुरक्षा नीति ल्याइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि नयाँ सुरक्षा नीति ल्याइँदै.

काठमाडौं ।सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी)२०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो ।६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए । सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञले आशंका गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले […]

डोनल्ड ट्रम्पले उत्तर कोरियाका जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on डोनल्ड ट्रम्पले उत्तर कोरियाका जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट.

प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट गरेका छन् । गत वर्ष हनोई शिखर सम्मेलन विनानिश्कर्ष टुंगिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो पटक हो । किमको उपस्थितिमा पत्रकारहरुसँग कुरा गर्दै […]

अद्भूत क्षमताका राजनीतिज्ञ मदन भण्डारीको जन्मदिन[जन्मदेखि मृत्युसम्मको नालिबेली]

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on अद्भूत क्षमताका राजनीतिज्ञ मदन भण्डारीको जन्मदिन[जन्मदेखि मृत्युसम्मको नालिबेली].

काठमाडौ । नेपालको राजनीतिनमा मदन भण्डारी एक आर्दश नाम हो । भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता हुनुहुन्थ्यो । आज उहाँको ६७ औ जन्मजयन्ती देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैछ । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्धारा नेतृत्व गरिएको नेपाल […]

तीन महिने कपडाको झोला सिलाइ तालिम सम्पन्न

Published: (Updated: ) in विविधा by . Leave a Comment on तीन महिने कपडाको झोला सिलाइ तालिम सम्पन्न.

भद्रपुर । प्लाष्टिक जन्य पदार्थको प्रदुषणबाट मुक्त गर्ने उद्देश्यले विर्तामोड ८ स्थित देउनियामा ३ महिने कपडाको झोला सिलाइ तालिम सम्पन्न गरिएको छ । विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा गणेश सामुदायिक सिकाइ केन्द्र विर्तामोड ८ देउनियाको आयोजनामा प्लाष्टिकका झोला व्यवस्थानका लागि कपडाका झोला सिलाई तालिम सम्पन्न गरिएको हो । सिकाइ केन्द्रका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता तथा विर्तामोड […]

चीन भन्छ– रेलमार्ग बन्छ तर हतारमा होइन, नेपालमा कामभन्दा बढी प्रचार भयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on चीन भन्छ– रेलमार्ग बन्छ तर हतारमा होइन, नेपालमा कामभन्दा बढी प्रचार भयो.

काठमाडौं । तिब्बतबाट काठमाडौँसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्त र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि सतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ । ५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेल्वे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ – […]