Sajhamanch Archive

ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन् । ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् । ओरल्यान्डमा गरिएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान सुरु गरेका हुन् । उनले अमेरिकालाई ‘महान’ बनाइराख्न […]

इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु.

काठमाडौं ।इन्डोनेसियाको जाभा टापुमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा डुबेको छ । त्यसमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य चार बेपत्ता भएका छन् । यी मानिसहरू ईद मनाएर फर्किरहेका थिए । पूर्वी जाभा प्रहरीका प्रवक्ता फ्रान्स बारुङ मंगेराले सोमवार तीन फीट अग्लो लहरका कारण डुबेको बताए । काठको डुंगामा ६० जना सवार […]

भारतले असारमा मल दिन नसक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भारतले असारमा मल दिन नसक्ने.

काठमाडौं । सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरेपनि तत्काल आउने सम्भावना न्यून देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार भारतको स्वामित्वमा रहेका एमएमटीसी र एसटीसी कम्पनीले असारभित्र मल दिन नसक्ने पत्र पठाएका छन् । मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो । मुख्यबाली सिजनमा वर्षेनी […]

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम.

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् । राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही कक्षबाट […]

अनलाइन सिस्टममा समस्या आएपछि लोकसेवा आयोगको फर्म भर्ने म्याद थपियो

Published: in विविधा by . Leave a Comment on अनलाइन सिस्टममा समस्या आएपछि लोकसेवा आयोगको फर्म भर्ने म्याद थपियो.

काठमाण्डौ । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् । सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ । दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने […]

बालबालिकाको सिकाई सफल बन्ने कि सक्षम ?

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on बालबालिकाको सिकाई सफल बन्ने कि सक्षम ?.

‘पढेर ठूलो मान्छे बन्नुपर्छ’ अक्सर बालबालिकाको हामी यसरी नै विद्यालय जान प्रेरित गर्छौ । विद्यालय किन जाने ? किन पढ्ने ? यावत् कुरा बुझाउनका लागि हामीसँग भएको जवाफ हो, ‘ठूलो मान्छे बन्न, असल बन्न ।’ बच्चाहरु पढ्न थाल्छन् । अक्षर चिन्छन् । विस्तारै विद्यालयमा अभ्यस्त हुन थाल्छन् । कक्षाकोठाको वातावरणमै भिज्न थाल्छन् । अब उनीहरु […]

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन.

इजिप्ट। इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस […]

वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु

Published: in परदेश (प्रवास), विविधा, समाज by . Leave a Comment on वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु.

काठमाडौं। वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ […]

गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ.

काठमाडौं। असार महिना । किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रमा महँगा होटल भरिभराउ छन् । सरकारले ०७५ वैशाख २७ मा सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता […]

नेपाली स्याटेलाइटले पृथ्वीको चक्कर लाउन थाल्यो, दिनमा चार पटक नेपालको आकाशमा घुम्ने

Published: in विविधा by . Leave a Comment on नेपाली स्याटेलाइटले पृथ्वीको चक्कर लाउन थाल्यो, दिनमा चार पटक नेपालको आकाशमा घुम्ने.

काठमाडाैँ  । चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो । गत वैशाख ५ मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको हो । सोमबार दिउँसो ४ बजेर १९ मिनेटबाट नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ अन्तरीक्षमा रिलिज हुँदै पृथ्वीको वरपर […]