Sajhamanch Archive

थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने.

काठमाडौँ । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज साँझसम्ममा सञ्चालनमा आउने भएको छ। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। […]

माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ

Published: in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् । आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् । शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर […]

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त.

ओखलढुङ्गा । विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका […]

हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते.

मकवानपुर । हेटौंडा ११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन्। नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो। घाइते मध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र […]

कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव

Published: in प्रदेश तह, मिडियाबाट साभार, विविधा by . Leave a Comment on कोशीमा सहमतिको सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार विश्वासको मत लिनुअघि प्रदेशसभालाई सम्बोधन गर्दै कार्कीले सहमतिको सरकार वा आलोपालो सरकार बनाउन प्रस्ताव गरेका हुन्। उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह पनि गरेका छन्। कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक […]

काठमाडौंमा भारी वर्षा हुन सक्ने विभागको अनुमान

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on काठमाडौंमा भारी वर्षा हुन सक्ने विभागको अनुमान.

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बिहानैबाट वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने र रोकिने क्रम जारी रहनेछ । अर्थात् काठमाडौंको मौसममा आज दिनभर बदली हुनेछ । काठमाडौंमा भारी वर्षाको पनि सम्भावना रहेको छ । केही […]

चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने.

चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् । विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी […]

तीन जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तीन जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने.

काठमाडौं । आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार […]

मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्न रोकिएन, सडक अवरूद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्न रोकिएन, सडक अवरूद्ध.

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले […]

ताप्लेजुङमा सबैभन्दा बढी बलात्कारका घटना

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा सबैभन्दा बढी बलात्कारका घटना.

ताप्लेजुङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक०ताप्लेजुङले जलविद्युत योजना सञ्चालनका कारण कृषि उपज उत्पादनमा हुने जोखिमबारे आएका गुनासोको वृस्तृत अध्ययनको खाँचो औंल्याएको छ। नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा कार्यक्रममा बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले यस्तो बताएका हुन्। प्रतिवेदनमा उनले जलविद्युत आयोजनाका कारण खोलाको सतह र धार परिवर्तनले जग्गा गुमाउँदा […]