Sajhamanch Archive

लक्ष्य युवा क्लबको आयोजनामा रक्तदान, ५५ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज by . Leave a Comment on लक्ष्य युवा क्लबको आयोजनामा रक्तदान, ५५ प्रिन्ट रगत संकलन.

शिवसताक्षी । शिवसताक्षीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । लक्ष्य युवा क्लबद्वारा आयोजित शनिबार शिवसताक्षी ११ स्थित विरान चौकमा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव हुन नदिन युवा क्लबले रक्तादान कार्यक्रम राखेको क्लबका अध्यक्ष प्रदिप दवाडीले जानकारी दिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी उप शाखा विर्तामोडको प्राविधिक सहयोग रहेको […]

नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीका कारण अपेक्षित परिणाम नआएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीका कारण अपेक्षित परिणाम नआएको नेकपा माओवादी केन्द्रको निष्कर्ष.

शिवसताक्षी । स्थानीयतहको निर्वाचन परिणामलाई शिवसताक्षीमा नेकपा माओवादी कन्द्रले समिक्षा गरेको छ। शनिबार दूधे स्थिति सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको समिक्षा बैठकले नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीको कारण अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको हो । निर्वाचनमा शिवसताक्षी नगरका सबै वडाहरुको मत परिणामहरुको समिक्षा गरी उक्त निष्कर्ष निकालिएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले […]

अग्नी पीडित नेम्वाङ्गलाई शिवसताक्षी नगरपालिकाले राहत प्रदान गर्ने

Published: in विविधा by . Leave a Comment on अग्नी पीडित नेम्वाङ्गलाई शिवसताक्षी नगरपालिकाले राहत प्रदान गर्ने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका १ धरमपुरका अग्नी पीडितलाई शिवतसाक्षी नगरपालिका राहत प्रदान गर्ने भएको छ । आज दिउँसो धरमपुर निवासी डम्बर बहादुर नेम्वाङ्गको घर जलेर नष्ट भएको थियो । घर जलेको खबर पाउनसाथ शिवसताक्षी नगरपालिकाको टोली घटना स्थलमा गई क्षतिको विवरण मागेको शिवसताक्षी नगरपालिकाले जनाएको । नेम्वाङ्गको लत्ता कपडा, भाडा वर्तन लगायत सम्पूर्ण सामान जलेर […]

तारा एयरको पोखरा–जोमसोम उडान स्थगित

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on तारा एयरको पोखरा–जोमसोम उडान स्थगित.

काठमाडौं । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा–जोमसोम–पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार […]

सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

Published: in विविधा, समाज by . Leave a Comment on सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार.

झापा । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको […]

तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने.

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने […]

सामुदायिक सेवा केन्द्रको चन्द्रगढीमा खवरदारी सचेतना

Published: in विविधा, समाज by . Leave a Comment on सामुदायिक सेवा केन्द्रको चन्द्रगढीमा खवरदारी सचेतना.

भद्रपुर । सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीले चन्द्रगढी क्षेत्रमा बिग्रदो सडको अवस्था र बजार क्षेत्रमा जताभावी फालिने फोहोर व्यवस्थित गर्न खवरदारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा भद्रपुर वडा नम्वर १० का वडाध्यक्ष टेकबहादुर खड्का ( काजी) को प्रमुख आतिथ्यमा चन्द्रगढीमा सचेतना खवरदारी कार्यक्रम सम्पन्न गरेको हो । केन्द्रका सचिव […]

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द.

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ […]

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर.

काठमाडौं । तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । प्रतिकूल मौसम […]

ताराको जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैनः वायुसेवा सञ्चालक संघ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on ताराको जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैनः वायुसेवा सञ्चालक संघ.

पोखरा । पोखराबाट जोमसोमका लागि उडेर हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको जानकारी दिए । उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको […]