Sajhamanch Archive

कमलमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

Published: in विविधा by . Leave a Comment on कमलमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण.

भद्रपुर । झापाको कमल गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा शुरु भएको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले उद्घाटन गरेको कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कमल गाउँपालिका स्थानीयस्तरमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न निरन्तर नयाँ ढंगले लागिपरेको चर्चा […]

झापामा यसपटक एक लाख ३६ हजार १८ जना मतदाता थपिए

Published: in विविधा by . Leave a Comment on झापामा यसपटक एक लाख ३६ हजार १८ जना मतदाता थपिए.

भद्रपुर । झापामा अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा यस पटक एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको विवरण अनुसार झापामा यसपटक ६ लाख ४६ हजार २३४ जना मतदाताले मतदान गर्ने अधिकार पाएका हुन् । जसमा महिला मतदाता ३ लाख २४ हजार ७०५ र पुरूष मतदाता ३ लाख […]

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने.

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हो । नेपालको […]

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुर्‍याउँछः मन्त्री कार्की

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुर्‍याउँछः मन्त्री कार्की.

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताउनुभएको छ । हिजो बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर देशको […]

जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य.

झापा । औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट शनिबार गर्न लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले […]

बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर.

झापा । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, […]

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि सुन्दरीजलमा तनाव.

काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो । आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी […]

सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए शपथ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए शपथ.

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् । न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनलाई प्रवर्द्धन गरौँः प्रधानमन्त्री देउवा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनलाई प्रवर्द्धन गरौँः प्रधानमन्त्री देउवा.

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् । बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् । साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल […]

चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दाः तीन कर्मचारी साधारण तारिखमा रिहा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दाः तीन कर्मचारी साधारण तारिखमा रिहा.

  काठमाडौं । सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तीन कर्मचारीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद सौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो । विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई […]