Sajhamanch Archive

यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस (तस्बिरमा )

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस (तस्बिरमा ).

काठमाडौँ, महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो […]

आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड.

काठमाडौं- महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइँदैछ। शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका […]

शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर).

काठमाडौं, भोलि मङ्गलबार महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुहरू आउने क्रम सुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरेकी छन् । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सिदा, त्रिशूल, कमण्डलु, पीताम्बर, जटायुक्त नरिवल, […]

आगलागी पीडितलाई सान्तवना दिदै मन्त्री दर्लामी

Published: in विविधा, समाज by . Leave a Comment on आगलागी पीडितलाई सान्तवना दिदै मन्त्री दर्लामी.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा भएको आगलागीबाट पीडित व्यक्तिहरुसँग क्षतिका बारेमा जानकारी लिएका छन् । जानकारी लिने क्रममा मन्त्री दर्लामीले पीडितहरुाई तत्कालन राहतका लागि पहल गर्ने बताएका छन् । उनले शिवसताक्षी बर्षेनी आगलागीका कारण ठूलो क्षति भएकाले स्थानीय सकारकाले दमकल उपलब्ध गराउन समस्या भए प्रदेश सरकारबाट दमकलका लागि पहल गरिने बताए । आगलागीमा परेर […]

कोरोना संक्रमण घट्दै : प्रदेश १ मा १४ जना, नेपालभर १५५ जनामात्र संक्रमित

Published: (Updated: ) in विविधा by . Leave a Comment on कोरोना संक्रमण घट्दै : प्रदेश १ मा १४ जना, नेपालभर १५५ जनामात्र संक्रमित.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १५७ जनाको पीसीआर परीक्षण गर्दा ३ र २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीको इटहरी र कोशी गाउँपालिकामा १–१ र मोरङको विराटनगरमा १ जनामा संक्रमण देखिएको […]

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज.

काठमाडौं। नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौं बैठक आज (बुधबार) काठमाडौँमा सुरु हुँदैछ। नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ। समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन। निर्देशक समिति […]

कलाकार जयनन्द लामाको निधन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on कलाकार जयनन्द लामाको निधन.

काठमाडौं-वरिष्ठ लोक सर्जक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए। पछिल्लो समय चलचित्र र टेलिसिरियलमा समेत अभिनयमा व्यस्त रहेका लामाले गाएका ‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो’ लगायतका गीत चर्चित छन्। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ बोलको गीत उनको […]

कल सेन्टरका नाममा अवैध कारोबार गर्ने चिनियाँ सहित भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on कल सेन्टरका नाममा अवैध कारोबार गर्ने चिनियाँ सहित भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ.

काठमाडौं, भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा प्रायजसो भारतका युवा युवती रहेको पनि उनले बताए । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि […]

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विविधा by . Leave a Comment on हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/११/१० जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. गणेशबहादुर बिष्ट क्षेत्री (सदस्य नं. ५८०७५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ २२ गते निधन […]

उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले.

काठमाडौं,  सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक […]