Sajhamanch Archive

हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो.

ताप्लेजुङ– ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो । प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका […]

रानामगरको अध्यक्षमा शिवसताक्षी साँस्कृतिक कलाकार संघ गठन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रानामगरको अध्यक्षमा शिवसताक्षी साँस्कृतिक कलाकार संघ गठन.

शिवसताक्षी । शिवसाक्षीमा शिवसताक्षी साँस्कृतिक संघ गठन भएको छ । संघको अध्यक्षमा सन्तोष राना मगर चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको कलाकारहरुको भेलाले अध्यक्षमा रानामगरलाई चयन गरेको हो । जसको उपाध्यक्षमा उपाध्यक्षमा प्रकाश राजवंशी , सचिव अर्जुन सेन्च्युरी, कोषाध्यक्ष वविता गहतराज रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्दीप दर्नाल , शिलु विश्वकर्मा, रतन सिगू, सन्ध्या […]

प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र […]

तनहूँको मानहुँकोट बतास समूहलाई नदिन सर्वोच्चको आदेश

Published: in प्रदेश तह, विविधा, समाज, by . Leave a Comment on तनहूँको मानहुँकोट बतास समूहलाई नदिन सर्वोच्चको आदेश.

तनहूँ, तनहूँको चर्चित पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बतासलाई रोक्न भनेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी गर्दै सर्वोच्चले लिजमा प्रक्रिया तत्काल रोक्न भनेको हो। मानहुँकोट बतासलाई दिनेबारेको कारण पनि सर्वोच्चले सरकारसँग […]

तराईमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on तराईमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना.

काठमाडौँ – देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि […]

आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने.

काठमाडौं– प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गरिने गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ। यो अवधिभर व्रतालुहरुले बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। यस अवसरमा आजैदेखि उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला […]

हुम्लामा तीन महिनापछि चामल पुग्यो, तर एक व्यक्तिले चार किलो मात्रै पाउने !

Published: in प्रदेश तह, विविधा, समाज, by . Leave a Comment on हुम्लामा तीन महिनापछि चामल पुग्यो, तर एक व्यक्तिले चार किलो मात्रै पाउने !.

सिमकोट। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झण्डै तीन महिनापछि खाद्यान्न वितरण शुरु गरेको छ। आज (शुक्रबार) देखि शुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएका छन्। समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन्। प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै […]

एमालको आगामीे केन्द्रीय कमिटीको बैठक झापाको वाटर किङ्डम पार्कमा

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on एमालको आगामीे केन्द्रीय कमिटीको बैठक झापाको वाटर किङ्डम पार्कमा.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको वाटर कङ्डम पार्कको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज एक भव्य कार्यक्रमका बीच शिवसताक्षी न.पा. ८, भिलझिले स्थित वाटर किङ्डम पार्कको उद्घाटन गरेका हुुन् । उनले उद्घाटनका क्रममा बोल्दै पर्यटकको प्रचुर सम्भावना बोकेको शिवसताक्षी क्षेत्रमा निजी स्तरबाट ५० औं करोडका लगानीमा वाटर किङ्डम […]

कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना

Published: in विविधा, समाज, by . Leave a Comment on कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना.

कमल । झापाको कमल गाउँपालिका २ स्थित श्री कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा श्री सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ । गाउँपालिकाकै वडा नम्वर २ निवासी स्वर्गिय सोमनाथ रेग्मीको स्मृतिमा वहाँका जेठा छोरा तोयानाथ रेग्मी तथा बुहारी जानुका गुरागाईद्वारा विद्यार्थीको शैक्षिक उन्नयनमा मद्दत पु¥याउने उदेश्यले ५ लाख ५५ हजार ५सय ५५ […]

बिहीबारदेखि पुन: वर्षा र हिमपात हुने, यस्तो छ मौसमी पूर्वानुमान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on बिहीबारदेखि पुन: वर्षा र हिमपात हुने, यस्तो छ मौसमी पूर्वानुमान.

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ। मंगलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणाली बलियो बन्दै जानेभएसँगै बिहीबारदेनि चार दिनसम्म नेपालको मौसम खराब रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ। […]