Sajhamanch Archive

शहिद धर्मभक्तमा नव निर्वाचित समितिको पदभार ग्रहण

Published: in विविधा by . Leave a Comment on शहिद धर्मभक्तमा नव निर्वाचित समितिको पदभार ग्रहण.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयका नव निर्वाचित समितिले आज पदभार ग्रहण गरेका छन् । विद्यालय व्यवस्थापन समितिकालागी गत मंसिर १४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरु मध्येबाट अध्यक्षमा लेखनाथ खतिवडा, सदस्य कुमार ढुङ्गेल, निर्मला बजगाई, विमला राई मनोनित सदस्य शिव शंकर न्यौपाने र ममता गुरुङ्ग तथा पदेन सदस्यमा वडा […]

पौष कृष्ण औँसीका दिन गरिने तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

Published: in टिप्स/जानकारी, विविधा, समाज, by . Leave a Comment on पौष कृष्ण औँसीका दिन गरिने तीर्थ अर्थात् गया श्राद्ध गरिँदै.

काठमाडौँ – प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ ।दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका […]

नयाँ वर्षमा भारतीय पर्यटकले भरियो जनकपुर

Published: in प्रदेश तह, विविधा, समाज, by . Leave a Comment on नयाँ वर्षमा भारतीय पर्यटकले भरियो जनकपुर.

जनकपुर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ। भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुआत सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएको छ। शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिर लगायतका धार्मिक मठमन्दिरहरुमा […]

विर्तामोड नगरपालिको टोलीद्वारा बंगर फर्मको अनुगमन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिको टोलीद्वारा बंगर फर्मको अनुगमन.

विर्तामोड । बिर्तामोड नगरपालिकाले बंगुर पालन गर्दै आएका वडा नम्बर १० गौरव टोलका कृषकहरुकोमा पुगेर अनुगमन गरेको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टीमले अनुगमन गरेको हो । आर्थिक वर्ष २०७७–७८ को शर्सतअनुदान अन्तर्गत केन्द्रबाट आएको १० लाख र कृषक […]

गगनको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप

Published: in विविधा, by . Leave a Comment on गगनको अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश र प्रदीप.

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको परिणाममा गगन थापाले अग्रता लिएका छन्। ९०० मत गणना हुँदा गगनकुमार थापा- ५५९ विश्व प्रकाश शर्मा- ३५७ प्रदीप पौडेल- ३०० प्रकाशशरण महत- २९७ मीनेन्द्र रिजाल-१५३ राजाराम कार्की- ३१ महामन्त्रीका लागि सभापति शेरबहादुर […]

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

Published: (Updated: ) in विविधा by . Leave a Comment on मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु.

मंगलबारे । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए। घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा […]

राम-सीता विवाह सम्पन्न, आज रामकलेवा विधि हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on राम-सीता विवाह सम्पन्न, आज रामकलेवा विधि हुँदै.

जनकपुर – साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिने भएको छ । आज रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ । जन्तीको रुपमा भगवान् रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधु सन्तलाई भोज खुवाउने र दक्षिणासहित बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ । आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको […]

भक्तपुरमा आजबाट विद्युतीय राहदानी वितरण

Published: (Updated: ) in विविधा, समाज, by . Leave a Comment on भक्तपुरमा आजबाट विद्युतीय राहदानी वितरण.

भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि विद्युतीय राहदानी वितरण गर्न थालेको छ । आज एक कार्यक्रमकाबीच विद्युतीय राहदानी सम्बन्धि कार्यको शुभारम्भ गरेको छ । राहदानीप विभागले भने मंसिर १ गतेदेखि नै विद्युतीय राहदानी वितरण कार्यको शुभारम्भ गरेको थियो । विद्युतीय राहदानीका लागि भन्दै मेसिन रिडेबल पासपोर्ट वितरण कार्य रोकिएको थियो । विद्युतीय राहदानी वितरणका लागि […]

‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए

Published: in विविधा, by . Leave a Comment on ‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए.

काठमाडौं, ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन्। आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्‍याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ आफ्नो परिचय जानकारी गराएका थिए। प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका […]

प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ […]