Sajhamanch Archive

कमल जेसीजद्वारा नागरिक सम्मान

Published: (Updated: ) in विविधा by . Leave a Comment on कमल जेसीजद्वारा नागरिक सम्मान.

कमल । कमल नगर जेसीजले एक कार्यक्रमका बिच नागरिक सम्मान गर्दै जेसीज सप्ताहको समापन गरेको छ । सप्ताह समापन कार्यक्रममा नेपाल सरकारको स्वस्थ्य क्षेत्रमा लामो समय सेवागरी अवकास प्राप्त हाल लखनपुर रेडक्रस उपशाखाका अध्यक्ष चन्द्र शाहलाई नागरिक सम्मान गर्दै जेसीज सप्ताहको समापन गरिएको हो । जेसीजको महान चाडका रुपमा लिने गरेको सप्ताहमा कमल नगर जेसीजले […]

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, विविधा by . Leave a Comment on प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, ते¥हथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा […]

अग्निपीडितको परिवारलाई अमेरिका बस्ने नेपालीबाट सहयोग

Published: (Updated: ) in विविधा by . Leave a Comment on अग्निपीडितको परिवारलाई अमेरिका बस्ने नेपालीबाट सहयोग.

कमल । गत कार्तिक ३० गते राती आगलागीका कारण पीडित परियार परिवारलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ । झापाको कमल गाउाँपलिका वडा नम्वर २ थापा गाउँका रामबहादुर परियारको परिवारलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार ४ सय ४० रुपैया सहयोग प्राप्त भएको हो । आगलागीमा परेर परियार परिवारकी […]

देवीबस्तीमा ज्येष्ठ नागरिक भवनको शिलान्यास

Published: in विविधा, समाज by . Leave a Comment on देवीबस्तीमा ज्येष्ठ नागरिक भवनको शिलान्यास.

बिर्तामोड । बिर्तामोड–५ स्थित पाथीभरा टोल सुधार संस्था देवीबस्तीमा ज्येष्ठ नागरिक भवनको गत २६ गते शिलान्यास गरिएको छ ।  समाजसेवी गिरिराजकुमारी प्रसाईंले निःशुल्क प्रदान गरेको १३ धुर जग्गामा ज्येष्ठ नागरिक भवन निर्माण गरिने भएको हो । गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजन कीर्तनमा सहभागी गराइ मनोरञ्जन प्रदान गरेर संधै खुशी राख्ने उद्धेश्यले ज्येष्ठ […]

प्रदेश १ मा २ लाखको कोरोना परीक्षण

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २ लाखको कोरोना परीक्षण.

विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना […]

कमल गाउँपालिकामा पिकअप दुर्घटना हुँदा एक ज्यान गयो

Published: (Updated: ) in विविधा by . Leave a Comment on कमल गाउँपालिकामा पिकअप दुर्घटना हुँदा एक ज्यान गयो.

दमक । झापाको कमल गाउँपालिका स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।अरु दुई जनाघाइते भएका छन् । पिकअप भेन पल्टिादा दमक ९ का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । चौधरीको दमकको लाइफलाइन अस्पताल ल्याउना साथ ज्यान गएको प्रहरी नायब […]

सांसद लिङदेनलाई थप उपचारका लागि काठमाण्डौ लगियो

Published: in विविधा by . Leave a Comment on सांसद लिङदेनलाई थप उपचारका लागि काठमाण्डौ लगियो.

बिर्तामोड । झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई थप उपचारका ललितपुरको मेडिसिटी अस्पताल लगिएको छ । लिङदेनलाई लिएर नेपाली सेनाको नाइट भिजन हेलिकप्टर झापाको चन्द्रगढी विमानस्थलबाट काठमाण्डौ लगिएको हो । निमोनियाले सिकिस्त भएकाले थप उपचारका लागि उनलाई मेडिसिटी लैजाने तयारी भएको थियो। यस अघिसम्म उनको झापाको विर्तामोडमा […]

जनताबाट प्राप्त सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शनः प्रधानमन्त्रीओली

Published: in विविधा by . Leave a Comment on जनताबाट प्राप्त सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शनः प्रधानमन्त्रीओली.

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताबाट प्राप्त सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका हुन् । ‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ […]

७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या, जङलको कल्भर्टमा भेटियो शव

Published: (Updated: ) in विविधा by . Leave a Comment on ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या, जङलको कल्भर्टमा भेटियो शव.

झापा । झापामा एक ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या गरिएको छ । झापाको अर्जुनधारा निवासी ती वृद्धा आइतबारदेखि बेपत्ता थिइन् । मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो । चारआलीस्थिति जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उन शेव फेला परेको प्रहरीले जनाएको छ । ३५ वर्षीय विशाल बिर्जा नाम गरेका व्यक्तिले […]

पाँच सय बढी बिरामीको रगतमा भेटियो सीसा

Published: in विविधा by . Leave a Comment on पाँच सय बढी बिरामीको रगतमा भेटियो सीसा.

काठमाडौं । कोभिड–१९ को कहरका बीच भारतको आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्लाका तीन लाखभन्दा बढी जनसंख्या भएको एलुरु शहरमा एक रहस्यमयी रोग देखा परेको छ । यो रोगले शनिबार बेलुकादेखि ५ सय बढीलाई गाँजिसकेको छ र एक व्यक्तिको मृत्यु पनि भइसकेको छ । ती सबै व्यक्तिमा एउटै किसिमको लक्षण देखियो जसमा मानिसहरुलाई छारे रोग लागे […]