Sajhamanch Archive

निषेधाज्ञाको उल्लंघन नगर्न मोरङ प्रशासनको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्थानीय तह by . Leave a Comment on निषेधाज्ञाको उल्लंघन नगर्न मोरङ प्रशासनको चेतावनी.

विराटनगर । जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा गरिएको निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ । समुदायमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेपछि निषेधाज्ञाको निर्णय लिनु परेको जनाउँदै प्रशासनले उल्लंघन नगर्न सुरुमै सबैलाई सचेत गराएको हो । यसअघि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो । मोरङका प्रमुख जिल्ला […]

प्रदेश १ मा थपिए ८९ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ८९ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा सात, इलाममा चार, पाँचथर र उदयपुरमा एक-एक जना र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २९ जनामा संक्रमित थपिएका छन् […]

मेचीनगरमा बैंकका कर्मचारीसहित चार जना कोरोना संक्रमित थपिए

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा बैंकका कर्मचारीसहित चार जना कोरोना संक्रमित थपिए.

मेचीनगर । मेचीनगरमा शुक्रबार चारजना नयाँ संक्रमित थपिएका छन् । भारतका विभिन्न स्थानबाट आएर नगरका होल्डिङ सेन्टर, होम क्वाररेन्टाइन, तथा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका मेचीनगर— २ की १० वर्षीया बालिका सहित चारजनामा संक्रमण पुष्टि भएको मेचीनगरका सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।  शुक्रबार पुष्टि भएका बुद्घशान्ति —३ की करीव २२ वर्षीया […]

शिवसताक्षीका ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । शिवसताक्षी नगरपालिका ४ ब्लुचोक स्थित विद्युत प्राधिकरणका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ५० जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो । वडा नं. ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको नगर प्रवक्ता नविन इजमले […]

मिल्ने साथीले नै गरे साथीको हत्या: पहिला रक्सी खुवाए अनि घाँटी रेटे

Published: in विविधा by . Leave a Comment on मिल्ने साथीले नै गरे साथीको हत्या: पहिला रक्सी खुवाए अनि घाँटी रेटे.

रौतहट, ५ भदौं । गत साउन ३१ गते राति रौतहटको गरुडामा भएको युवकको हत्या आफ्नै साथीहरुले गरेको रहस्य खुलेको छ । युवकको हत्याको आरोपमा पक्राउ परेकालाई ७ जनालाई इलाका प्रहरी कार्यालय गरुडा रौतहटले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गत साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका नन्दलाल रामको २० बर्षिय छोरा […]

गौरीगञ्जमा समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गौरीगञ्जमा समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि.

गौरीगंज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी गराएका छन् । गौरीगंज गाउँपालिकाको समन्वय र उद्योग वाणिज्य संघ गौरीगंजको आयोजनामा दोस्रो चरणमा ६१ जनाको स्वाव संकलन गरी पीसीआर […]

कोरोना संक्रमणबाट बुबाको मृत्यु, किरियामा बसेकी छोरीले गरिन्, सरकारविरुद्ध अदालतमा रिट दर्ता

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on कोरोना संक्रमणबाट बुबाको मृत्यु, किरियामा बसेकी छोरीले गरिन्, सरकारविरुद्ध अदालतमा रिट दर्ता.

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका बाबुको किरियामा बसिरहेकी छोरीले संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा हेलचेक्र्याइँ भैरहेको भन्दै व्यवस्थित गराउन प्रदेश १ सरकार र महानगरपालिकाविरुद्ध अदालतमा रिट दर्ता गराएकी छन् । कोशी कोभिड १९ उपचार केन्द्रमा २८ साउनमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय सीताराम दाहालकी छोरी २२ वर्षीया निलिमा दहालले रोकथाम, […]

भद्रपुर नाकाबाट दिउँसै गाई गोरू तस्करी प्रशासन बेखवर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भद्रपुर नाकाबाट दिउँसै गाई गोरू तस्करी प्रशासन बेखवर.

भद्रपुर । नेपाल भारत सीमा बन्द छ भनिए पनि शसस्त्र प्रहरी बलको कार्याल दक्षिण दुई सय मिटर क्षेत्रबाटै तस्कर समूहले दिउँसै गाई गोरू भारततिर लैजाने गरेको पाइएको छ । १५ दिन यता भद्रपुर ५ स्थित गणेश मन्दिर पश्चिम भित्री सडकमा गाडीमा ल्याएर जम्मा गरेका गाई गोरू विहान, दिउँसो र बेलुका गरी तस्कर समूहले शसस्त्र प्रहरी […]

ब्लड क्यान्सर पीडित मेनुकाले गरिन्, सहयोगको अपिल

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on ब्लड क्यान्सर पीडित मेनुकाले गरिन्, सहयोगको अपिल.

झापा । झापाको कनकाई नगरपालिका–८ की ४३ वर्षीया मेनुका ढुंगेल बाँस्तोलाले उपचारका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित बाँस्तोलालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार ढुंगेलको ६ महिनादेखि बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ । ‘अहिलेसम्म उपचारमा १३ […]

मंगलबार रातिबाट संखुवासभामा  लकडाउन

Published: in विविधा by . Leave a Comment on मंगलबार रातिबाट संखुवासभामा  लकडाउन.

संखुवासभा । संखुवासभा जिल्लामा एक प्रहरीसहित तीन जनामा कोरोना संक्रमण देखिएपछि मंगलबार राति १२ बजेबाट लकडाउन गर्ने निर्णय गरिएको छ । मंगलबार बसेकोे जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले १० दिन लकडाउन गर्ने निर्णय गरेकोे प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए। बैठकले जिल्लामा हुने सम्पूर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनारमाथि प्रतिबन्ध लगाएको छ भने […]