काठमाडौँ । नेकपा सरकारले बजेटमा छुटेका विषयलाई समेट्ने गरी पुरक बजेट ल्याउने विषयले नेकपाभित्रको छलफलमा प्रवेश पाएको छ । नेकपाकै एक नेताले राजनीतिक तहमा पार्टीभित्रै पुरक बजेटको आवश्यकता औँल्याएको बताए । उनले अहिले नेकपा विशेष गरी बृद्धभत्ता बढाउन नसक्दा आलोचित भएको भन्दै पार्टीभित्र पुरक बजेटको कुरा उठेको उल्लेख गरे । पाँचहजार बृद्धभत्ता पुर्याइदिन्छु भन्दै जेष्ठ […]
रौतहट । विद्यालयको शौचालय जाने क्रममा लडेर अचेत भएका रौतहटका एक विद्यार्थीको उपचारको क्रममा मृत्यु गएको छ । गढीमाई नगरपालिका वडा १ समनपुरस्थित शंकर गुदर माविमा कक्षा २ मा अध्ययनरत ९ वर्षीय राजा महतोको मृत्यु भएको हो । स्थानीय रामशागर महतोका छोरा महतोको उपचारको क्रममा गएराति नेशनल मेडिकल अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रधानाध्यापक देवेन्द्र साहले जानकारी […]
जनकपुर । दाइजो नपाएको निहुँमा धनुषा माइती भएकी एक महिलाको भारतमा आफ्नै श्रीमानले हत्या गरेका छन् । मागेजति दाइजो नपाएपछि धनुषाकी २० वर्षीया कृति झालाई भारतमा उनको घरमा हत्या गरिएको हो । धनुषाको विदेह नपा–८, वैदेही गाउँनिवासी ममता झा र स्व. राजकुमार झाकी छोरी कृतिलाई शनिबार भारतको मधुवनी जिल्लामा पर्ने रहिका गाउँस्थित घरमा पति र […]
हात सफा हुनको लागी हातको औंलाको टुप्पो सफा हुनु जरुरी छ भनेर सन् १९७० तिर आएर पत्ता लाग्यो। वैज्ञानिकहरुले सबैभन्दा धेरै किटाणु नङमुनि रहने पत्ता लगाए । नङ हात धोएको धेरै समयसम्म पनि ओसिलो रहने भएकाले यस ठाउँमा ब्याक्टेरियाले सजिलैसंग संक्रमण गर्छ । सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना […]
काठमाडौ । नेपाली सेनामा १८ वर्षदेखि २४ वर्षका दुई सय जनाका लागि जागिर खुलेको छ । नेपाली सेनाले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि एकैपटक दुई सय अधिकृत (क्याडेड) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुलातर्फ १ सय १० जनाको कोटा निर्धारण गरिएको छ भने समावेशी अन्तर्गत महिला […]
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो । […]
काठमाडौं । जापानमा शक्तिशाली समुद्री आँधी आएको भोलिपल्टै शक्तिशाली भूकम्प गएको छ । उत्तरी टापु कोक्काइदोमा गएको ६ दशमलव ७ म्याग्नेच्यूडको भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । करिब ४० जना मानिस हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्प पछि विभिन्न स्थानमा पहिरो गएको छ भने धेरै घरहरु पुरिएका छन् । ३० लाख घरहरुमा […]
काठमाडौं । काठमाडौंको स्वयम्भूमा रोकिराखेको करभित्र एकजना व्यक्तिको शव भेटिएको छ । स्वयम्भू स्तुपा जाने बाटोमा पार्किङ्ग गरेर राखेको गाडीमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । शव बिहीबार बिहान करीव १ बजे भेटिएको थियो । बा ७ च ७०२१ नम्बरको कारभित्र पछाडिको सिटमा फेला परेको शव काठमाडौको नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको प्रहरीले जानकारी […]
काठमाडौँ । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको […]
कालो गोरा मानवीय रङ यसको हुनुको पहिलो र प्रमुख कारण त अनुवांशिक नै हो । मतलब पहिलो कारण हाम्रो आमाबुवासँग मिल्दो छालाको रङ हुने । र दोस्रोकारण हुन्छ हाम्रो शरीरमा पाइने मेलेनिन पदार्थको प्रभाव। मेलेनिन त्यस्तो तत्व हो जसले हाम्रा छालाको रङ निर्धारण गर्न महत्वपूर्ण भूमिका रहन्छ । मेलेनिन यो कुरामा निर्भर रहन्छ कि हामी […]