झापा । झापाको मेचीनगर नगरपालिका९– मागुरमाडीमा जंगली हात्ती मृत फेला परेको छ। धान खेतकोमा धसिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए। स्थानीयबासीले देखेपछि बिहिबार बिहान प्रहरीलाई खबर गरेका थिए।
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पार्दै आर्थिक रुपमा बिपन्न ताप्लेजुङका दुई विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । विहिबार ५२ वर्ष पुगेका नेता भट्टराईले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको ताप्लेजुङ जिल्लाका दुई विद्यार्थीलाई नगद १०/१० हजार आर्थिक सहयोग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी […]
बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो । डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । १५ वर्षअघि जापान […]
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने […]
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक […]
काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ । त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ । लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग […]
तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ। विभागका महानिर्देशक नविनराज सिंहले ३६ जलविद्युत् आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने बताएको छ। ‘आयोजनाको फोटोसहितको प्रगति विवरण मागिएको छ’ उनले भने ‘उचित कारणसहितको विवरण पेश नगर्ने आयोजनाको लाइसेन्स समेत […]
कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित […]
डा. दिनेशविक्रम शाहविरुद्ध सिर्जना केसी तथा सरिता केसीको हकमा जनहित संरक्षण मञ्च वादी भएको मुद्दामा २०६६ कात्तिक २३ गते सर्वोच्च अदालतले निर्देशनात्मक आदेशसहितको एउटा फैसला ग-यो। त्यो स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण फैसला मानिन्छ। उक्त फैसलामा ‘मेडिकल नेग्लिजेन्सी (लापरबाही)’ को मुद्दामा विशेषज्ञको राय नभएको सामान्य साक्षीको भनाइ प्रमाण हुन नसक्ने भन्दै डाक्टरको लापरबाही वा हेलचेक्र्याइँसम्बन्धी मुद्दामा […]
गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयका कार्यशैली तथा गतिविधि अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ। प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली बनाएको हो। टोलीलाई देशभरका प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी अधिकारीको गतिविधि अनुगमन गर्ने जिम्मेवारी तोकिएको […]