नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो । […]
मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य […]
सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद अनिलकुमार झा विशेष समयमा बोलिरहँदा कांग्रेस सांसद शशांक कोइराला उनको अगाडि हुँदै बाहिरिएपछि सभामुखले सांसदहरूलाई सचेत गराएका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था […]
विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५ बाट […]
मोरङ । केहि दिन अघि विभत्स हत्यागरी मृत अवस्थामा फेला परेका सुरक्षा गार्ड टंक भट्टराईको हत्या गरेको आरोपमा प्रहरीले एक ठेला चालकलाइ पक्राउ गरेको छ । विराटनगर ४ जामुनगाछीका ठेला चालक २६ बर्षीय संजय सहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर २ धरानरोडस्थित न्यू बिक्की हार्डवेयरमा सुरक्षागार्डको रुपमा कार्यरत विराटनगरका ५० वर्षीय भट्टराईको हत्याको […]
विर्तामोड । झापाको विर्तामोडमा आयोजना भएको ‘लिटल च्याम्प २०१८’को उपाधि विर्तामोड नगरपालिका वडा १ की १४ वर्षीय विपास्ना खरेल र विर्तामोड ५ का १४ वर्षीय सत्यम शिवाकोटीले जितेका छन् । उनीहरुले एउटै इभेन्ट्सबाट शनिवार सम्पन्न ग्राण्ड फिनालेमा लेडिज र जेन्स तर्फको उपाधि हात पार्न सफल भएका हुन् । सेल्फी मिडिया प्रालिले आयोजना गरेको यस प्रतियोगितामा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् । मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले तीब्र विकासलाई तीब्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको पनि दोहोर्याएका छन् । “विश्व विद्यालयहरुलाई प्राज्ञिक थलोको […]
काठमाडौँ । यसअघि भदौ महिनामा बस्ने भनिएको काँग्रेस महासमिति बैठक मङ्सिरमा सारिएसँगै काँग्रेसको नियमित महाधिवेशन प्रभावित हुने आशङ्का बढेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा महासमिति बैठक गर्ने निर्णय गरेको हो । शनिबारको बैठकमा मङ्सिरमा महासमिति बैठक गर्ने सर्वसम्मत निर्णय भए पनि यो निर्णयले आगामी डेढ […]
बिर्तामोड । सेतो गुराँस कृषि सहकारी संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कुमार खरेलको अध्यक्षता एवम् प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा स्वागत लेखा समिति संयोजक कृण्ण पाण्डेले गरेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य इश्वरादेवी ढुंगेल र खड्गबहादुर मगरलाई सम्मान गरिएको थियो । संस्थाले यसै वर्षदेखि […]
पाँचथर । फिदिम नगरपालिका ४ को हेवाखोलामा नुहाएर जनै फेर्न गएका एक बालकलाई खोलाले बगाएको छ । हिलिहाङ गाउँपालिका ५ सुभाङ घर भएका राजन उप्रेतीका ८ वर्षका छोरा डेनिस उप्रेती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलामा नुहाएर जनै फेर्न खोला किनारमा निस्किएका बालक चिप्लिएर पुनः खोलामा पसेपछि वेपत्ता भएको प्रतक्ष्यदर्शीलाई उधृत गर्दै […]