काठमाडौं । कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ । दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको […]
काठमाडौं । अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न सूचना एवं जानकारी अडियो नोटिस […]
काठमाडौं । नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । ०७४ मा ५० लाख आन्तरिक […]
काठमाडौं । सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ । सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन […]
काठमाडौं । आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। उक्त नयाँ कानुनअनुसार सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ। मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे […]
काठमाडौं । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन्। तर अब नेपालमा पनि मौलिक संस्कृति र रहनसहन झल्किनेगरी विशेष खालका ‘सिग्नेचर पुल’को निर्माण हुने भएको छ। देशका विभिन्न भागमा निर्माण हुन लागेका यस्ता १० वटा पुलका लागि विश्व बैंकले आर्थिक सहयोग गर्न लागेको छ। त्यसलाई अन्तिम रूप दिन आगामी भदौ ५ गते विश्व बैंक र नेपालका […]
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइएको बताएका छन्। उनले बाहिर चर्चा गरेजस्तो कर नबढाइएको दावी गरे । ‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाइयो । तर, बाहिर अफवाह फैलाइएकोजस्तो कर बढाइएको छैन’ उनले भने ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर […]
विर्तामोड । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले झापाको बिर्तामोडमा फिल्म निर्माण सम्बन्धि एकहप्ते तालिम दिने भएको छ । एकेडेमीले फिल्म निर्माण सम्बन्धि शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म निर्माता तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने उदेश्यले पूर्वमा झापादेखि तालिम सुरु गरेको हो । अहिलेसम्म उपत्यका बाहिर फिल्म सम्बन्धि शैक्षिक कार्यक्रम तथा वर्कशप जान नसकेकाले […]
मेचीनगर । एनएमसीले आजदेखि मेचीनगर ९ खुट्टीडाँगीमा आफ्नो नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । यस आर्थिक वर्षभित्र जिल्लाका ४० स्थानबाट आफ्ना सदस्यहरुलाई सुलभ सेवा प्रदान गर्ने लक्ष्य लिएको एनएमसीले सेवा केन्द्र तथा सम्पर्क कार्यालय विस्तारलाई तिब्रता दिएको हो । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले रिबन काटेर सम्पर्क कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन […]
भद्रपुर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कुनै पनि उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर नलाग्ने बताएका छन् । तीन तहको सरकारको संरचना बनेसँगै उद्योग व्यवसाय क्षेत्रमा दोहोरो करको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता उद्योगी–व्यवसायीमा व्याप्त रहिरहेका बेला मन्त्री आङ्वोले दोहोरो कर नलाग्ने स्पष्ट पारेका हुन् । बिहीबार […]