काँकरभिट्टा । नेपाल टेलिकम कार्यालयले काँकरभिट्टामा जडान गरेको टेलिफोनको तार कुदाउँने पोलमा प्वाल पर्न थालेको भेटिएको छ । मेचीनगर—६, काँकरभिट्टा स्थित शान्तिपथ सडकमा जडान गरिएको ल्याण्डलाइन टेलिफोनको तारको पोलमा प्वाल पर्न थालेको हो । ‘५—६ वर्ष भयो टेलिकमले यो पोल यहाँ गाडेको’, किसान कपडा पसलका सञ्चालक नवराज उप्रेतीले भने — ‘अहिले त हेर्दा हेर्दै पोलमा […]
गौरादह । झापाको गौरादह नगरपालिकाले आगामी ४ वर्ष भित्रमा नगर भित्रका फुसको छाना भएका घर विस्थापित गर्ने भएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नगरभित्रका २०० घर परिवारको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट विनियोजन गरेको नगरप्रमुख रोहितकुमार साहाले जानकारी दिएका हुन् । चालू आर्थिक वर्षमा नगरभित्रका विपन्न समुदायका घरमा जस्ता पाता लगाउन […]
लमजुङ । खानेतेलमा लेदो भेटिएको छ । प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशिल वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा लेदो […]
बंगलादेशले दोस्रो टि-२० खेलमा वेस्ट वेस्टइन्डिजलाई १२ रनले पराजित गर्दै ३ खेलको सिरिज १-१ को अवस्थामा ल्याएको छ। अमेरिकामा रहेका दुबै टिमले आइतबार भएको खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस हारेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिजले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५९ […]
काठमाडौं । सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद् विभिन् सातवटा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो। संघीय संसदले विजेनस नपाइरहेको अवस्थामा र सरकारले संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने ऐन तथा कानुन निर्माणमा ढिलाइ भइरहेको अवस्थामा सरकारले त्यसतर्फ अग्रसरता देखाएको हो। […]
काठमाडौं । पौडेल र सिटौला समूहकै मागअनुसार केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, भदौ लाग्न दुई सातामात्रै बाँकी रहँदा पनि विधान संशोधन मस्यौदा समितिसम्म गठन हुन सकेको छैन । बरु, पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठकको माग गरिरहेका नेताहरुको ध्यान सरकारतिर मोड्न सफल भएका छन् ।२० साउन, काठमाडौं । भदौ […]
काठमाडौं । काठमाडौंको वायु विश्वकै प्रदूषितमध्येमा पर्छ । यहाँ वहकिने वायुमा अत्याधिक मात्रामा त्यस्ता हानिकारक कणहरु पाइएका छन्, जसले क्यान्सर जस्तो घातक रोगको जोखिम बढाउँछ । जबकी काठमाडौंमा हरेक क्षण एउटी गर्भवतीले बच्चा जन्माइरहेका हुन्छन् । यहाँ असंख्यौं गर्भवती छन् । यहाँको जनघनत्व अनुसार पनि सामान्य रुपमा गर्भवतीको संख्या आंकलन गर्न सकिन्छ । अब प्रश्न उठ्छ, […]
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा गाडी चल्न थालेको छ । गए राति सवा १० बजेतिर चितवनको घुमाउनेमा खसेको पहिरो झण्डै ११ घण्टा लगाएर हटाएपछि अहिले गाडी चल्न थालेको हो । तर पानी परिरहेकाले यो सडकखण्डमा जतिबेला पनि पहिरो खस्न सक्ने भन्दै नारायणगढ मुग्लिन सडक आयोजनाले सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा […]
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा […]
युएई । विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् । बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली […]