बाँके। बाँकेमा बाढीमा दुई जनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको डल्लीपुर नालामा बगाउँदा ज्यान गएको छ । बिहान खोला तर्नेक्रममा बगाएर बेपत्ता भएका सुनारको शव ५०० मिटर टाढा झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसैगरी बैजनाथ ३ का ६५ वर्षीय […]
काठमाडौं। नेपाल बैंकले जारी गरेको एक करोड ७६ लाख कित्ता शेयर (एफपिओ) अपेक्षित बिक्री हुन सकेको छैन्। बैंकको एफपिओ एकमुष्ट रुपमा किन्ने सञ्चय कोषको प्रयास पनि असफल भएको छ। एक करोड ७६ लाख कित्ता शेयर २८० रुपैयाँको दरले करिब पाँच अर्ब बराबरकाे सेयर खुलाइएकोमा अन्य संस्थाहरुमा जस्तै बिक्रीमा समस्या देखिएको छ। न्युनतम असार १९ र अधिकतमा […]
भक्तपुर । भक्तपुरमा पहिलो पटक माध्यमिक विद्यालय तहमा कानुन संकायको पढाई सुरु भएको छ । निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानुन संकायको पढाई सुरु गरेको हो । आज भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै भक्तपुर निष्टका संस्थापक प्रिन्सिपल एवं भक्तपुर प्याब्सनका […]
मलेसिया । मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन् । देशका अन्य क्षेत्रमा समेत विदेशी कामदारहरु […]
रोल्पा । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक […]
विर्तामोड । यामाहा मिस टिन प्रदेश नं. १–२०१८ बिर्तामोडकी रुक्सुम गुरागाई बनेकी छिन् । आइतवार राति सम्पन्न ग्राण्ड फिनालेमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १ को ताज पहिरिएकी हुन् । उपाधिसहित गुरागाईले मिस नेचुरल व्यूटीको समेत उपाधि हात पारिन् । प्रतियोगितामा विजयी भएसँगै गुरागाईले बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल […]
दाङ । लगातार परिरहेको पानीका कारण दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँ डुबानमा परेका छन् । वीरगंज लगायतका अरु केही ठाउँ पनि जलमग्न भएका छन् । बिहान आएको बाढीमा डुबेर एक जना हराएका छन् । बाँके बैजनाथ गाउँपालिका ३ का ६५ वर्षिय तुलाबहादुर बुढा जेठी नालामा डुबेर हराएका प्रहरीले जनाएको छ । बुढाको खोजी भइरहेको […]
पेरिस । फ्रान्समा एक मोस्ट वान्टेड अपराधी हलिउड फिल्मको शैलीमा जेलबाट हेलिकोप्टरमा चढेर फरार भएका छन् । ४६ वर्षीय अपराधी रेडोइन फेड पेरिसको दक्षिण पूर्वस्थित रियु जेलमा बन्द थिए । आइतवार बिहान उनी जेल तोडेरर निस्किएपछि हतियारले सुसज्जित समूहको सहयोगमा भागेका हुन् । पुलिसले ती कैदी जेल तोडेको बारे कुनै कुरा पत्ता लगाउन सकेको छैन […]
चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव भव्य रुपमा मनाएको छ । बोर्डले आफ्नो बाषिर्कोत्सवको अवसरमा भावी कार्य योजना पनि प्रस्तुत गरेको थियो । नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गरी सक्नेे लक्ष्य विकास बोर्डको छ । यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागू […]
काठमाडौं । ब्राजिल र मेक्सिको विश्वकपमा पहिलो पटक सन् १९५० मा भेट भएका थिए। त्यो खेलमा ब्राजिलले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि ब्राजिल र मेक्सिकोको भेट चार वर्षपछि अर्थात् सन् १९५४ मा भयो। त्यसमा पनि ब्राजिल ५–० गोल अन्तरले नै विजय भएकाे थियाे। सन् १९६२ को विश्वकपमा पनि ब्राजिलले नै२–० ले नै […]